नेपाल सेवा केन्द्रद्वारा प्रकाशित तत्वज्ञान– दर्पण नामको पुस्तक लोकार्पण

प्रकासित मिति: १८ फाल्गुन २०७३, बुधबार १६:२३

काठमाण्डौ, फागुन नेपाल सेवा केन्द्रको तत्वावधानमा निम्बार्क तीर्थ सलेमावादका ब्रम्हलीन निम्बार्काचार्य पीठाधीश्वर जगद्गुरु अनन्त श्री विभुषित श्री “श्रीजी” महाराजमा श्रद्धासुमन अर्पण गर्न र सेवा केन्द्रद्वारा प्रकाशित पुस्तक “तŒवज्ञान– दर्पण” को लोकार्पण गरिएको छ । जगद्गुरु रामानन्दाचार्य पीठाधीस महायोगी सिद्धबाबा श्री १००८ स्वामी कृष्णदासजी महाराजको प्रमुख आतिथ्यता र सेवा केन्द्रका वरिष्ठ सदस्य बासुदेव ढुड्डानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित रहनुहुने महायोगी सिद्धबाबामा सेवा केन्द्रका अध्यक्ष देवीप्रसाद नेपाल लगायतक केन्द्रका पदाधिकारीहरु एवम उपस्थित भक्तजनले स्वागत गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत उपस्थित अतिथिगणमा सेवा केन्द्रका उपाध्यक्ष डा. नरविक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यसै वर्ष माघ महिनाको एक गतेका दिन ब्रम्हलीन हुनुभएका श्री “श्रीजी” महाराजको तस्विरमा प्रमुख अतिथिज्यू, सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु एवम उपस्थित भक्तजनहरुबाट माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेपछि प्रारम्भ भएको कार्यक्रममा प्रमुख अतिथि महायोगी सिद्धबाबाबाट पानसमा दीप प्रज्वलित गरी कार्यक्रम शुभारम्भ भएको थियो भने पं. लोकनाथ निरौलाबाट स्वस्तीवाचन भएको थियो । सेवा केन्द्रका मानार्थ सदस्य प्रा. साधना अमात्य, गोविन्दबाबु तिवारी, उप प्राध्यापक रोहित दंगाद, भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष इ. रामकुमार ठाकुर, राधाकृष्ण देवस्थलका सचिव नवराज दहाल, राधासर्वेश्वर आध्यात्मिक केन्द्रका सावित्री अर्याल, पं. कृष्णप्रसादजी,माता भगवतीजी, सेवा केन्द्रका पूर्व उपाध्यक्ष विमल भट्टराई, शुष्मा नेपाल, केन्द्रीय सदस्यहरु सुमनदास राजभण्डारी, खड्गकुमारी काफ्ले र कल्पना कार्की, नेपाल सरकारका उपसचिव आनन्दकेशरी पोखरेल, अधिकृत कृष्णचन्द्र काफ्ले,सेवा केन्द्रका कोषाध्यक्ष किरण खत्री,आजीवन सदस्य उद्धव अधिकारी, सोल रिकनेक्सन संस्थाका सविना श्रेष्ठ,ममता भट्टराई, पूर्व कोषाध्यक्ष तनुजा पोखरेल, सदस्य कञ्चन काफ्ले, वीरबहादुर मगर लगायतका पदाधिकारीहरु, सेवा केन्द्रका सदस्यहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधी, विभिन्न लव्धप्रतिष्ठित आमन्त्रित व्यक्तित्वहरु र स्वतन्त्र संचार ग्राम साप्ताहिकका प्रधान सम्पादक एवम वरिष्ठ पत्रकार दानदास श्रेष्ठ, भक्तिदर्शन टेलिभिजन, नेपाल टेलिभिजन लगायतका सञ्चार संस्थाका सञ्चारकमीहरु, सेवा केन्द्रमा अभ्यासरत लगायत अन्य संस्थामा अध्ययनरत छात्रछात्रा समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा डि.पि. नेपाल“चाची”द्वारा लिखित एवं सेवा केन्द्रद्वारा छीैठौं कृतिका रुपमा प्रकाशित “तŒवज्ञान– दर्पण”नामक पुस्तक कार्यक्रमका प्रमुख अतिथिबाट लोकार्पण भएको थियो ।
सो अवसरका प्रमुख अतिथि महायोगी सिद्धबाबा कृष्णदासजी महाराजबाट ब्रम्हलीन निम्बार्काचार्य पीठाधीश्वर जगद्गुरु अनन्त श्री विभुषित श्री “श्रीजी” महाराज यस समयकै एक महान विद्वान र तपस्वि सन्तका रुपमा रहनु भएको र आफुले पनि महाराजश्रीको सान्निध्यमा रहने अवसर प्राप्त गरेको भन्दै ब्रम्हलीन महाराजश्रीमा श्रद्धासुमन अर्पण गर्नुभएको थियो । प्रमुख अतिथीय मन्तव्य राख्ने क्रममा महाराजश्रीले सेवा केन्द्रले अभियानका रुपमा अगाडि सारेको तŒव ज्ञान– मुद्रा कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्नुहु“दै मुद्रा अभ्यासले आध्यात्मिक तथा शारीरिक दुवै किसिमका लाभ प्राप्त हुने तर्फ संकेत गर्दै हाम्रा ऋषिमुनिहरुले यसको अभ्यास गरेर प्रमाणित गर्नु भएको बताउनु भयो । प्रमुख अतिथि महाराजश्रीले लोकार्पित पुस्तकमा प्रस्तुत भएका दर्शनले आफुले आफैंलाई चिन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै धर्माेपदेशना दिनु भएको थियो ।
उक्त अवसरमा सेवा केन्द्रले प्रारम्भ गरेको संस्कृत, नेपाली र अंग्रेजी भाषाको आधारभूत अभ्यास गराउने र पच्चीस प्रकारका गीता, श्रीमद्भागवत महापुराण एवं सनातन वैदिक धर्म सम्बन्धी कर्मकाण्ड विधाको अभ्यास गराउने कार्यक्रमको औपचारिक शुभारम्भ हेतु उक्त अभ्यास कार्यक्रममा संलग्न रहनु भएका बालबालिकाहरुलाई प्रमुख अतिथिबाट संस्कृत श्लोकका माध्यमबाट पाठ प्रारम्भ गराई आशिर्वाद प्रदान भएको थियो । साथै सेवा केन्द्रद्वारा प्रकाशित “तŒवज्ञान– दर्पण” नामक पुस्तकको टंकन र रुपाड्डनको सम्पूर्ण कार्य सम्पादन गरी प्रकाशन सम्बन्धी कार्यमा अहोरात्र खटी योगदान गर्नुहुने मचिन्द्र कुगेनाम्बा लिम्बुलाई सम्मानस्वरुप सेवा केन्द्रका तर्फबाट प्रमुख अतिथिका हातबाट दोसल्ला ओढाई आशिष प्रदान भएको थियो ।
मारवाडी सेवा समिति नेपालको भव्य सभाहल, न्युरोडमा आयोजना गरिएको र सोल रिकनेक्सन नामक संस्थाले व्यवस्थापन सहयोग गरेको सो कार्यक्रमा लोकार्पित पुस्तकका सम्बन्धमा उप प्राध्यापक रोहित दंगालले मन्तव्य राख्नु भएको थियो भने प्रा. साधना अमात्य र गोविन्दबाबु तिवारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । सेवा केन्द्रका अध्यक्षले प्रमुख अतिथि महाराजश्री लगायत उपस्थित अतिथिमा कृतज्ञता ज्ञापन गर्ने क्रममा उक्त दिनको कार्यक्रम आयोजना गर्न अहोरात्र खट्नुहुने सेवा केन्द्रका केन्द्रीय सदस्य सुमनदास राजभण्डारी र उहा“ आवद्ध रहनु भएको सोल रिकनेक्सन संस्था र उक्त संस्थामा आवद्ध पदाधिकारीहरु, कार्यक्रममा उत्साहपूर्वक सहभाग जनाउनु हुने राधाकृष्ण देवस्थलका सचिव नवराज दहाल एवम उक्त संस्थासंग सम्बन्धित भक्तजन, राधासर्वेश्वर आध्यात्मिक केन्द्रसंग सम्बन्धित भक्तगण,सेवा केन्द्रको कार्यक्रमका लागि सुविधा सम्पन्न सभाहल उपलव्ध गराउने मारवाडी सेवा समिति नेपाल, पत्रकार मित्रहरु र सम्पूर्ण उपस्थित आमन्त्रित व्यक्तित्वमा कृतज्ञता प्रकट गर्नुभएको थियो । कार्यक्रमको अन्तमा उक्त कार्यक्रमका सभाध्यक्ष ढुड्डानाको मन्तव्य सहित सभा विसर्जन भएको थियो ।
स्मरण रहोस सो अवसरमा लोकार्पित पुस्तकमा आ“खाबाट आ“शु झरे, आफैलाई निफन्दा, नास्तिक, धर्म नशा हो ?र मृत्यू लगायत एघारवटा शीर्षक रहेका छन् । प्रकाशित पुस्तकमा समावेश भएका कतिपय विषय कवच तथा गौरी लगायतका पत्रपत्रिकाहरुमा प्रकाशित समेत भएका छन भने स्वतन्त्र सञ्चार ग्राम साप्ताहिकले उक्त पुस्तकमा समावेश भएका सवै शीर्षकहरु धाराबाहिक रुपमा समेत प्रकाशित गरिसकेको छ । मान्छेले आफु स्वयमलाई चिन्न नसकेका कारण हरेक प्रकारका मनोदशा लिएर जीवन विताउन बाध्य रहेको, वास्तविक तŒव पहिचान गर्न नसकेका कारणले तŒवदर्शीको खोजिमा आफुलाई विर्सिएको र बुझ्न र मनन् गर्न सकेमा आफु स्वयममा सबै कुराको समाधान रहेको भन्ने किसिमका व्यवहारिक धारणाहरु विभिन्न विम्ब र उदाहरण मार्फत लेखक “चाची” ले प्रस्तुत गर्नुभएको छ ।

Bhansar Bivag
Argakhachi Cement