नेवार समुदायको कला संस्कृतिको जगेर्ना गर्न धनुषामा मनाइयो नवौ नेवा एकता दिवस

प्रकासित मिति: ४ माघ २०७५, शुक्रबार ०९:५०

धनुषा । धनुषाका नेवार समुदायले नवौ नेवा एकता दिवस भब्यताका साथ मनाएका छन् । गणेशमान चारनाथ नगरपालिका ५ चिसापानीका नवार समुदायले लाखे, झाकी सहित मोटरसाई¥याली निकालेका थिए । सो ¥याली धनुषाकै गोदार, बिरेन्द्रबजार भिमान हुदै मलाबारीमा पुगी सोही रुट हुदै चिसापानीमा आएर सम्पन्न भएको थियो ।
धनुषाको चिसापानीमा यसरी पहिलो पटक नेवा एकता दिवस मनाउँदा त्यस क्षेत्रका नेवार समुदाय उत्साहित हुदै प्रत्येक बर्ष मनाउने अठोट गरेका थिए । धनुषा जिल्लाको चिसापानी नेवार समुदायको बाहुल्यता रहेको क्षेत्र हो । स्थानीय राम श्रेष्ठका अनुसार यस्ता खालका दिवसका सन्दर्भमा गरिने कार्यक्रमले एक अर्कामा भाईचारा तथा आफ्नो समुदायको कला संस्कृतिको जगेर्ना हुने बताए ।
नेवाः दय दवु धनुषका अध्यक्ष गोबिन्द बहादुर शाहीको अगुवाईमा दिवस धनुषामा पहिलो पटक मनाईएको हो । साहिले नवार समुदायको कला संस्कृतिलाई सबैले मन पराएको बताउँदै यसको संरक्षणमा नेवार समुदाय नै लाग्नु पर्ने बताए ।
कचिलाज कट्टीरो मःमm एण्ड मोर अनामनगरका संञ्चालक रित्त बहादुर श्रेष्ठको पहलमा पहिलो पटक धनुषाको चिसापनीमा नेवा एकता दिवस मनाइएको हो ।

Bhansar Bivag
Argakhachi Cement