पछिल्लो युद्धिबिराम सिरियाको शान्तिका लागि कोशेढुङ्गा ः असद

प्रकासित मिति: १४ माघ २०७३, शुक्रबार ०४:२९

सिरियामा जारी पछिल्लो युद्धबिराम सिरियाको स्थायी शान्तिका लागि सहज मार्ग भएको राष्ट्रपति बसर अल असदले बताउनुभएको राज्य सञ्चालित समाचार संस्था (साना) ले जनाएको छ ।

बिहीबार सिरिया भ्रमणमा रहनुभएका इरानी संसदका अन्तर्राष्ट्रिय मामिला महानिर्देशक हुसेन अमिर अब्दुल्लाहिनसँगको कुराकानीमा राष्ट्रपति असदले पछिल्लो युद्धबिरामका लागि पाएको सफलता सिरियाको शान्तिपूर्ण भविष्यका लागि कोशे ढुङ्गा साबित हुने बताउनुभएको होे ।

उक्त अवसरमा इरानी उच्च अधिकारीले युद्धबिराम गरी शान्ति वार्तामा ल्याउन रसिया र टर्कीको पहललाई प्रशंसा गर्नुभएको थियो ।

दुवै नेताले युद्धबिरामले सिरियाको शान्ति र स्थायित्वका लागि विशेष योगदान पु¥याउने बताउनुभयो । अलकायदासँग आवद्ध सिरियाली समूह अल नुस्रा फ्रन्ट र जिहादी इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको कारबाही भने युद्धविरामका कारण नरोकिने जनाइएको छ ।

राष्ट्रपति असद र इरानी उच्च अधिकारीबीच भएको भेट सिरियाली सरकार र विद्रोहीबीच काजकिस्तानको अस्तानामा वार्ता टुङ्गिएको दुई दिनपछि भएकोले महत्वका साथ हेरिएको छ ।

युद्धबिराम गराउन इरानको पनि सकारात्मक पहल भएको र पहिलो चरणको वार्तामा सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र भौगोलिक अखण्डताका लागि दुवै पक्षबाट ऐक्यबद्धता जनाउँदै टुङ्गिएको थियो

Bhansar Bivag
Argakhachi Cement