काठमाडौँ । पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेलशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालवालिको क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको कदर स्वरुप सो पुरस्कार प्रदान गरिएको हो । पत्रकार विगत दर्नाल नौ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आवद्ध हुनुहुन्छ ।
पुरस्कार छनौटका लागि गठित छनौट समितिको आजको बसेको बैठकले बालवालिका सम्वन्धी सामग्रीको प्रस्तुति, भाषा, विषयवस्तु छनौट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरी छापामाध्यमतर्फ सुशील दर्नाल (रासस–उपत्यका) लाई छनोट गरिएको नेपाल पत्रकार महासंघका महाससचिव रमेश विष्टले आज विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको पच्चिस हजार रुपैयाँ (रु.२५,०००) राशिको सो पुरस्कार यही जेठ ३१ गते आयोजना हुने एक समारोहका बीच प्रदान गरिने छ ।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दर्नालले खासगरि सामाजिक विषयमा लेख्दै आउनुभएको छ । पाल्पा जिल्ला रैनादेवि छहरा गाउँपालिका५, मुझुङ्गमा २०४६ सालमा जन्मिनुभएका दर्नालले पत्रकारिता विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।
दर्नाललाई यस अघि प्रेस काउन्सिलद्धारा प्रदान गरिने ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ (राष्ट्रपति विद्यादेवि भण्डारीबाट) र रिपोर्टस क्लब नेपालले प्रत्येक वर्ष प्रदान गर्ने ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ (प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट) प्रदान गरिएको थियो ।
पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा पु¥याएको अतुलनीय योगदानको कदर स्वरुप पत्रकार दर्नाललाई शहीद प्रतिक स्मृति केन्द्र लगायतका संघ÷संस्थाले समेत विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएका छन ।
पत्रकार दर्नालले अन्नपूर्ण पोष्ट दैनिक, गोरखापत्र दैनिक लगायत अन्य सञ्चार माध्यममा समेत सामाजिक विषय तथा सञ्चार सम्बन्धी विषयमा (दलित तथा सिमान्तकृत, महिला, ज्येष्ठ नागरिक बाललबालिका, सूचना, सञ्चार तथा प्रविधि लगायत अन्य विभिन्न विषयमा समेत) लेख तथा आलेख लेख्दै आउनु भएको छ ।
त्यसैगरी पुरस्कार छनोट समितिले रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यमतर्फ निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा) प्रदान गर्ने निणर्य गरेको छ ।
टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समुह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल, रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समुह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिने भएको छ ।