पत्रकार महासंघ काठमाडौ शाखामा सदस्यता आवेदन फारम जलाउने प्रयास

प्रकासित मिति: १० माघ २०७३, सोमबार १३:३३

माघ १० काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको भृकुटीमण्डव स्थीत कार्यालयमा सोमबार अज्ञात समुहले गरेको तोडफोड तथा महासंघको नयाँ सदस्यता आवेदन फारम जबरजस्ती नियन्त्रणमालीई जलाउने प्रयास भएकोमा पत्रकारका संस्थाले बिरोघ जनाएका छन् ।
प्रेस सेन्टरका अध्यक्ष गोबिन्द शर्मा, नेपाल प्रेस युनियनका सचिव मेहेश्वर गौतम, प्रेस सोसाईटी नेपालका फणिन्द्र फुयाल , नेपाल पत्रकार मञ्चका का.वा अध्यक्ष चन्द्रमणी भट्टराई तथा मिडिया नेपालका रेशम पौडेल सयुक्त रुपमा बिज्ञिप्त प्रकाशित गरी आपति जनाएका हुन् ।
गुण्डागर्दी शैलिमा भएको तोडफोड तथा कार्यालयको सामानमा आगजानी गर्न खोजिने सबै खाले हर्कतमा संलग्न जोसुकै भएपनि उनिहरुको बिषयमा छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
महासंधको नयाँ सदस्यता आवेदन केन्द्रमा सिफारिस गरिसक्नु पर्नेमा अड्काएर राखि नयाँ सदस्य बन्न योग्य पत्रकारहरुलाई बञ्चित गरेको प्रति पनि गम्भिर ध्यानकर्षण भएको जनाएको छ । कार्यदलले नयाँ सदस्यता बन्न आबेदन दिएका सम्पूर्ण अध्यनगरी फाईल पूर्ण छ भनि निर्णय भएको अवस्थामा कार्यदलको निर्णय लत्याउने संस्थालाई कब्जा गरेर गैर पत्रकारहरुको अखडा निमार्ण गर्न खोजिएकोमा आपत्ति जनाएको छ । साथै योग्य पत्रकाहरुको फाईल तुरुन्त केन्द्रमा सिफारिस गर्न समेत माग गरेको छ । पत्रकारहरुको हक हित,पेशागत सुरक्षा तथा सक्रिय पत्रकारीतामा लाग्न सबैमा आवहान समेत गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement