बैशाख १९ काठमाण्डौ । परिवार असल बनाउन सके समाज र राष्ट्र आफै बन्ने कुरामा बिभिन्न क्षेत्रका बिज्ञहरुले जोड दिएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले बिहिबार राजधानीमा आयोजना गरेको समृद्ध नेपाल र सुखी नेपाली कसरी बनाउन सकिन्छ भन्ने बिषयमा गरिएको कार्यक्रममा यस्तो बताईएको हो । कार्यक्रममा संघिय संसदका सांसद तेजुलाल चौधरीले जवसम्म परिवार खुशी हुदैन त्यहाँ शान्ति हुदैन र त्यो समाजले बिकासको गतिपनि लिन नसक्ने बताएका छन् । उनले भने ‘राष्ट्र बनाउनु छ भने पहिले परिवार बनाउन जोड दिदै देशलाई एक्लैले बनाउन नसक्ने बताए ।
पूर्व राज्य मन्त्री समेत रहेका चौधरीले युपीएफले परिवार बनाउने अभियान चलाएर देश बिकासमा नागरिकलाई लाग्न पेरणा दिएको बताए ।
कार्यक्रममा अर्का सांसद रामबीर मानान्धरले बिकास निर्माण सबैको जिम्मेबारी रहेको उल्लेख गदै बुद्ध जन्मेको देशमा अहिले सम्म जात र धर्मको नाममा कुनै द्धन्द्ध नभएको बताए ।
कार्यक्रममा बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले नेपालको पारिबारिक मूल्यमान्यता जगेर्ना गर्नसके विश्वमानै अनुकरणीय हुने बताए । उनले भौतिक साधन श्रोत आबस्यक रहेपनि बिश्वाश, प्रेम र सह ( सम्मान जस्ता मान्यता बिर्सन नहुनेमा जोड दिए । पौडेलले बुद्ध, सगरमाथा र सिता जन्मेको देशभनेर चिनिएको हाम्रो मुलुकले पछिल्लो समय तीन पुस्ते परिवार सँग बस्ने भनेर मुलुक चिनिएको बताए । कार्यक्रमा युनिर्भसल पीस फेडेरेसन एशिया प्यासफिककी महासचिव उर्सुला म्याम्ल्याम्ल्याडले शान्ति स्थापनामा परिवारको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।
युनिर्भसल पीस फेडेरेसन नेपालका महासचिव बिनोद डाँगीले नेपाली परिवार स्वस्थ रहेमात्र सम्बृद्ध नेपाल निर्माण हुन सक्ने भयकोले आफुले पारिबारिक शिक्षा र नैतिक मूल्य मान्यतालाई प्राथमिकता दिदै कार्यक्रमहरु गरिएको बताए । कार्यक्रममा संविधान सभाकी सदस्य मिलन कुमारी राजवंशीले बिश्व शान्तिको लागि आपसी सदभाब र मेलमिलाप अपरिहार्य रहेको बताईन । उनले प्रत्येक नेपालीले जो जनु ठाउमा छ त्यही ठाउँमा रहेर आफुले सकेको सकारात्मक काम गर्ने सकेमात्र पनि समाजमा शान्ति आउने बताउँदै शान्तिको अभियानमा लाग्न सबैलाई आवहान गरिन । कार्यक्रममा साहित्यकार प्रकास सायमी बरिष्ठ फोटो पत्रकार मिनरत्न बर्जाचार्य लगायतले बोलेका थिए ।
सोही अवसरमा सांसद चौधरीले समाजका बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ठ योगदान गरेकाहरुलाई शान्तिदूत अर्वाडद्धारा सम्मानीत गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ फोटो पत्रकार मिनरत्न बर्जाचार्य त्रिभुवन बिश्व बिद्यालयमा एसोसियट प्रोफेसर डा. उतम खनाल, शिक्षासेबी बिनोद कुमार कोईराला, खेमराज घिमिरे, गायिका मिनादेबी निरौला पोखरेल, समाजसेवी सिता थापा भट्टराई लगायत रहेका छन् । कार्यक्रमा बुद्धिजिबी, समाजसेबी लगायतको उपस्थिति रहेको थियो ।