परिवार दलका अध्यक्ष ढकाल एमाले महासचिव पोखरेलको चुनाब प्रचारमा सहभागी

प्रकासित मिति: १२ मंसिर २०७४, मंगलवार ०४:२९

मङसिर ११ काठमाण्डौं । नेपाल परिवार दलका अध्यक्ष तथा बाम प्रगतिशिल गठबन्धनका नेता तथा समानुपातिक उम्मेदवार एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनबाट काठमाण्डौ क्षेत्र नं ५ का उम्मेदवार ईश्वर पोखरेललाई मत माग्दै घर दैलो कार्यक्रममा मङलबार बिहान सहभागी भएका छन् ।
दलका महामन्त्री बिनोद डाँगी र कोषाध्यक्ष एवम् पूर्व सांसद मिलन कुमारी राजबंशी सहित घर दैलोमा पुगेका पूर्वमन्त्री ढकालले एमालेका महासचिव एवम् युवा नेता पोखरेललाई बिजयी गराउन मतदाता संग आग्रह गरे । ढकालले पोखरेल जस्तो विकास प्रेमी, सक्षम, पारदर्शी र मिलनसार नेता संसदमा पुग्नु राष्ट्रकै जित हुने बताए । परिवार दलले वाम गठबन्धनका सबै उम्मेदवारहरुलाई बिजयी गराउन लागिपर्ने बताउन बताए ।
क्षेत्र नं ५ अन्तर गत चुनदेबी , बालुवाटार क्षेत्रमा घर दैलो गदै ढकालले स्थीर र बलियो सरकार र बिकासको लागि पनि बाम प्रगतिशिल गठबन्घनले बहुमत ल्याउने दाबी गरे ।

Bhansar Bivag
Argakhachi Cement