परिवार दलको केन्द्रीय समितिको बैठक बस्दै

प्रकासित मिति: ५ भाद्र २०७४, सोमबार ०१:३०

काठमाडौं । नेपाल परिवार दलको केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) बस्दै छ । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक बिहान १०ः३० बजे दलको केन्द्रीय कार्यालय, पुरानोबानेश्वरमा बस्दै छ । बैठकमा दलका केन्द्रीय पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुने सूचना जारी गरिसकिएको दलका प्रवक्ता सन्तोष पौडेलले बताए । देशमा भइरहेका पछिल्ला घटनाक्रम, संविधान संशोधन, बाढीपहिरोको प्रकोप, प्रधानमन्त्रीको भारत भ्रमण लगायतका घटनाक्रममाथि बैठकमा छलफल हुने प्रवक्ता पौडेलले जाकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement