काठमाडौं ः नेपाल परिवार दलको केन्द्रीय समितिको पूर्ण बैठक संघीय राजधानी काठमाडौंमा आज (सोमबार) बस्दै छ । बैठकले प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने तथा दलको भावी रणनीति तय गर्ने एजेन्डा रहेको दलका सचिव गोविन्दनाथ मिश्रले जानकारी दिए ।
दलको ५० सदस्यीय केन्द्रीय समितिको बैठकले आगामी दिनमा जनताको पक्षमा वकालत गर्दै जन–सरोकार तथा जनजीविकाका सवालमा केन्द्रित हुने निर्णय गर्ने जनाइएको छ । साथै देशव्यापी रूपमा संगठन विस्तार अभियान चलाउने दलका महामन्त्री विनोद डाँगीले जानकारी दिए ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बस्ने बैठकले वर्तमान वाम गठबन्धनको सरकारलाई रचनात्मक सहयोग गर्ने तथा पार्टीलाई चुस्त र दुरुस्त बनाउन आगामी रणनीति समेत तयार गर्नेछ ।