परिवार दलको ठहर : संविधान निर्माणपछि पनि मुलुकले निकास नपाउनु प्रमुख दलहरुको असफलता

प्रकासित मिति: ३ चैत्र २०७३, बिहीबार १६:२२

निर्बाचन गराउन नसके सरकारको औचित्य समाप्त  : अध्यक्ष ढकाल

३ चैत, काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्य समितिको बैठक दलको केन्द्रीय कार्यलय पुरानो बानेश्वरमा बिहिबार सम्पन्न भएको छ । बैठकमा बोल्दै दलका अध्यक्ष एकनाथ ढकालले निर्बाचनको मिति नजिकीदा पनि सरकारले आमनागरिकलाई निर्बाचन हुने कुरा बिश्वस्त पार्न नसकेको बताउदै सबै दलले निर्बाचनमा भागलिने बाताबरण सरकारले बनाउनु पर्ने परिवार दलको धारणा रहेको बताएका छन् । अध्यक्ष ढकालले संबिधान निर्माण पछि पनि मुलुकले निकास नपाउनु प्रमुख दलहरुको असफलता हो भन्दै अब परिवार दल बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा बिकशित हुदै गएको बताए । उनले निर्बाचनको लागि तयारीमा जुट्न निर्देशन दिदै निर्बाचन गराउन नसके प्रचण्ड सरकारको औचित्य समाप्त हुने बताए ।
बैठकले केहि दिन अघि सप्तरीमा प्रहरीको गोलि द्वारा ५ जना नेपाली नागरिकको मृत्यु र दर्जनौ ब्यक्ति घाइते भएको प्रति दुख ब्यक्त गर्दै मृतकको चिर शान्ति र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घटनाको सत्य तथ्य छानबिन गरि सार्बजनिक गर्न र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए ।
भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका नेपाली नागरिक गोविन्द गौतम मारिएको घटनामा प्रति खेद प्रकट गर्दै मित्र राष्ट्र भारतले गल्ती स्वीकार गरि माफी माग्नु पर्ने धारणा राखेको छ । प्रबक्ता पौडेलका अनुसार बैठकले स्थानीय तहको निर्बाचनमा नेपाल परिवार दलको तर्फबाट उम्मेदवारी चयन गर्न तथा प्रभावकारी रुपमा सहभागी हुन महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा एक निर्बाचन परिचालन समिति गठन गर्नुका साथै प्रत्यक जिल्ला कार्य समितिले मिति २०७३ चैत्र २० गते भित्रमा महानगरपालिका, नगरपालिका र गाउपालिकाको सम्भावित उम्मेदवारको सुची प्राथमिकताको आधारमा केन्द्रिय कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।
बिबिध कारणबस निर्बाचन आयोगले उपलब्ध गरायको समयसीमा भित्र स्थानीय तहको निर्बाचन प्रयोजनकोलागि दल दर्ता गर्न छुटेका जिल्लाहरुमा पनि निर्बाचनमा सहभागी हुन मिल्ने प्रबन्ध मिलाउन नेपाल सरकार र निर्बाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको महामन्त्री बिनोद डाँगीले बताए ।
२०७४ माघ ७ गते भित्र तिन तहको निर्बाचन सम्पन्न गर्नु पर्ने बाध्यात्मक संबैधानिक ब्यबस्था भयकोले समयको चाप र चुनाब खर्चलाइ मितव्ययी बनाउन संघिय व्यबस्थापिका संसद र प्रदेश सभाको निर्बाचन संगै गर्नु उपयुक्त हुने धारणा केन्द्रिय सदस्य अशोक कुमार चौधरीले बताए । नेपाल परिवार दलका जिल्ला कार्य समितिलाई जिल्ला समन्वयन समितिमा रुपान्तरित गर्ने र सम्पूर्ण महानगरपालिका, नगरपालिका र गाउपालीकामा कार्य समिति गठन गर्न जिल्ला समन्वयन समितिलाई निदेशित गर्ने निर्णय भएको केन्द्रिय सदस्य रामबाबु लिम्बुले जानकारी दिए ।
पार्टीको कुनैपनि कार्यसमितिमा रहने पदाधिकारी तथा सदस्यले अनिबार्य तोकेको लेबी बुझाउनु पर्ने निर्णय गरेको मुख्य सचिब गोबिन्द मिश्रले जानकारी दिए । बैठकले नेपाल परिवार दलले मङ्सिर १५ देखि फाल्गुन २६ सम्म संचालन गरेको प्रशिक्षण, सदस्यता वितरण तथा संगठन विस्तार महाअभियानमा सहभागी हुने र योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुमा धन्यबाद ज्ञापन गरेको छ ।
बैठकले दलको बिधान बमोजिम केन्द्रिय कार्य समितिको सदस्यमा काशिनाथ खनाल (काभ्रेपलान्चोक), डा. श्याम प्रसाद नेपाल (भोजपुर), र अधिबक्ता राजेश कुमार बिष्ट (काठमाडौँ )लाइ मनोनोयन गरेको छ । साथै दलले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाल परिवार दलमा प्रवेश गरेका अधिबक्ता अर्जुन बहादुर शाही, समाजसेबी कृष्ण शाही लगायतलाई दलका अध्यक्ष एकनाथ ढकालले सदस्यता प्रदान गनुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement