परिवार दलद्धारा उद्धारमा खट्न आवहान

प्रकासित मिति: २७ असार २०७६, शुक्रबार १६:२२

काठमाडौं । नेपाल परिवार दलले मुलुकभर वर्षाबाट भएको जनधनको क्षति, राजमार्ग अवरोध र जनजीवन अस्तव्यस्त भएको परिस्थितिलाई ध्यानमा राखी उद्धार कार्यमा खट्न आफ्ना नेता कार्यकर्ता एवम आम नेपाली जनतालाई आवहान गरेको छ । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले उद्धारमा सक्रियतापूर्वक लाग्न पार्टी देशैभरका नेता तथा कार्यक्रतालाई आवहान गरेको जानकारी दिए । अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा पछिल्लो २४ घण्टामा करीब १६ जना भन्दा बढी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्। परिवार दलले सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा सबै निकायलाई परिचालन गर्न माग गरेको छ ।
प्राकृतिक विपत्को घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपद् व्यवस्थापनमा जुट्न आवहान गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement