परिवार दलद्वारा कास्की जिल्ला अध्यक्ष शिवजी भट्टराई निस्काशित

प्रकासित मिति: २९ बैशाख २०७४, शुक्रबार १४:०२

२९ बैशाख, काठमाडौं । नेपाल परिवार दलले कास्की जिल्ला अध्यक्ष शिवजी भट्टराईलाइ साधारण सदस्य समेत नरहने गरि तिन बर्षको लागि पार्टी वाट निस्कासन गरेको छ । वैशाख २९ गते दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको सर्बसहमत निर्णयले भट्टराईलाइ कारबाही गरेको हो ।

जिल्ला अध्यक्ष भट्टराईले केन्द्रको स्वीकृति बिना एकल निर्णय गरेर कास्कीको सबै स्थानीय तहमा नेकपा एमालेलाइ समर्थन गर्ने निर्णय गरेपछि कारबाहीमा परेका हुन् । परिवार दलले भट्टराई लाइ अन्य राजनैतिक दलको प्रलोभनमा परि पार्टीको नीति र हित बिपरित गलत काम गरेको आरोप लगायको छ । परिवार दलले अर्को ब्यबस्था नभय सम्मको लागि उपाध्यक्ष कल्पना बराललाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी तोकेको छ ।

महामन्त्री बिनोद डाँगी द्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तिमा परिवार दलले कास्कीका आफ्ना सम्पूर्ण नेता, उम्मेदवार, कार्यकर्ता तथा सुभेच्छुकलाइ स्थानीय निर्बाचनमा कास्की जिल्लामा परिवार दलका उम्मेदवारको पक्षमा मतदान गर्न र आगामी दिनमा पार्टी भित्र देखापर्न सक्ने धमिरा प्रबृतिलाइ पूर्णरुपमा निर्मुल पार्न आग्रह समेत गरेको छ । कास्की परिवार दलका सचिब टलक भट्टले निर्बाचनको मुखमा पार्टीलाई धोका दियकोले कारबाही भयको बताय ।

Bhansar Bivag
Argakhachi Cement