परिवार दलद्वारा दुःख व्यक्त

प्रकासित मिति: १५ फाल्गुन २०७५, बुधबार १४:००

काठमाडौँ । नेपाल परिवार दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा दुःख व्यक्त गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बुधबार (आज) प्रेस विज्ञप्तिमा उक्त दुर्घटनामा परेका मृतकप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको उल्लेख छ । पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के.सी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको ढकालको समवेदना सन्देशमा उल्लेख गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement