परिवार दलबाट १७ जिल्लामा बिभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता

प्रकासित मिति: २० बैशाख २०७४, बुधबार १५:१८

काठमाडौंको मेयरमा दलका केन्द्रीय सदस्य भण्डारीको उम्मेदवारी
१९ बैशाख, काठमाडौं । बैकल्पीक लोकतान्त्रीक शक्तिको रुपमा नेपाली राजनीतिकमा एक दशक अगाडि उदाएको नेपाल परिवार दलको तर्फ वाट पहिलो चरणको स्थानीय तहको निर्बाचनमा विभिन्न १७ जिल्लामा आफ्ना उम्मेद्वारहरुले मनोनोयन दर्ता गरेको परिवार दलले जनाएको छ ।
दलले काठमाण्डौको मेयरमा लक्ष्मी प्रसाद भण्डारी र उप–मेयरमा श्रीमती पुनम डंगोल, ललितपुरको मेयरमा प्रदिप सिंह थापा र उप–मेयरमा श्रीमती रुपा थापा, भरतपुरको मेयरमा राजेन्द्र प्रसाद अर्याल र उप–मेयरमा श्रीमती कोपिला गौतम लामिछाने र पोखरा लेखनाथको मेयरमा श्रीमती कल्पना बरालले उम्मेदवारी दर्ता गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

चितवनको रत्ननगर नगरपालिकाको मेयर र उप–मेयरमा श्रीमति रामकली चौधरी र रामकुमार दगांल, कालिका नगरपालिकाको मेयर र उप–मेयरमा मोहन दंगाल र श्रीमति ज्योति परियार, सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा रुकमणि कोइराला, नवलपरासीको गैडाकोट नगरपालिकाको मेयरमा शिब रिमाल, काठमाडौँको टोखा नगरपालिकाको उप–मेयरमासन्त बहादुर पन्त, नागार्जुन नगरपालिकाको मेयर र उप–मेयरमा कृष्ण बहादुर लामा र श्रीमती दुर्गा खड्का, पर्बतको फलेबास नगरपालिकाको मेयर र उप–मेयरमा श्रीमती समिक्षा शर्मा र दिपक पौडेल, भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा रामबाबु रानामगर, काभ्रेको नमोबुद्ध नगरपालिकाको मेयरमा केशब ओझा, रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा देबी लाल खड्काले उम्मेदवारी दर्ता गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
त्यसैगरी गोरखाको सिरान्चोक गाउपालिकाको अध्यक्षमा श्रीमती हरिमाया पोखरेल र सुलिकोट गाउपालिकको अध्यक्षमा रेशम देवकोटाले मनोनोयन दर्ता गरेका छन् । कास्की परिवार दलका अध्यक्ष शिवजी भट्टराईले रुपा गाउपालिकाको अध्यक्षमा र गोर्खाको भीमसेन गाउपालिकामा हर्क बहादुर के. सी. ले मनोनोयन दर्ता गरेका छन् ।
परिवार दलले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, गोरखा, कास्की, पर्बत, नवलपरासी, कालिकोट, दैलेख, रुकुम, मुगु लगायतका जिल्लाका विभिन्न नगरपालिका तथा गाउपालिकामा आफ्ना उम्मेदवारी दर्ता गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । विभिन्न जिल्लामा अन्य राजनैतिक दलहरु संग तालमेल गरेर पनि उम्मेदवारी मनोनोयन गरिएको परिवार दलले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement