६ मंसिर, बाँके । बाम प्रगतिशिल गठबन्धनका नेता एवम् नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टीले वाम प्रगतिशील गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय मुद्धामा समान अबधारणा बनाउन पुलको भूमिका निभाउने बताएका छन् ।
देशब्यापी रुपमा चूनाबी अभियानलाई तीब्रता दिएको परिवार दलले बाम प्रगतिशिल गठबन्धनका उम्मेदबारहरुलाई जिताउँनका लागि जनताको घर घरमा गएर गठबन्धनको पक्षमा मत माग्न दलका नेता तथा कार्यक्रर्तालाई आग्रह गरेको छ ।
दलको प्रदेश नम्बर ५, ६ र ७ का अगुवा कार्यकर्ताको भेलामा बोल्दै ढकालले लोकतन्त्रको सुदृढीकरणको लागि बलियो प्रतिपक्ष आबश्यक पर्ने भन्दै परिवार दल वाम गठबन्धनमा आबद्ध भएपनि अभिभाबकीय भूमिकामा रहने स्पष्ट पारे ।
पूर्वमन्त्री समेत रहेका ढकालले भेलामा उपस्थित अगुवा कार्यकर्तालाई वाम गठबन्धनको पक्षमा निर्बाचन परिणाम ल्याउन सक्रिय भएर लागि पर्न निर्देशन दिदै मुलुकमा गरिबी निवारण, समानता र आर्थिक उन्नतिको लागि वाम गठबन्धन निर्बिकल्प रहेको बताए ।
भेलामा परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल, केन्द्रिय सदस्य रुपसिंह भण्डारी, राघबेन्द्र श्रीबास्ताब, नबिन बजगाईं लगायतले बोलेका थिए । भेलामा परिवार दलका अगुवा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोेस परिवार दलले यहि असोज २० गते नेकपा एमालेसँग तीनबुर्दे सहमति मार्फत चुनाबी तालमेल गरेको थियो । दलका अध्यक्ष ढकाल एमालेको तर्फबाट प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार समेत हुन् ।