परिवार दल झापा अध्यक्षमा पान्डे

प्रकासित मिति: ८ असार २०७६, आईतवार १३:५२

असार ८ झापा । पछिल्लो समय देश ब्यापी रुपमा राष्ट जागरण अभियान संञ्चालन गरिरहेको बैकल्पीक प्रजातान्तिक शत्तिको रुपमा उदाएको नेपाल परिवार दलले संगठन बिस्तारलाई पनि तिब्रता दिएको छ ।आईतबार पार्टीका महामन्त्री बिनोद डाँगीको उपस्थतिमा भएको भेलाले नेपाल परिवार दल झापा जिल्ला कार्यसमितिको पुनर्गठन गरेको छ । जसमा अध्यक्ष मोहन पान्डे उपाध्यक्ष ,श्रीमती सुकमती राजबंशी,अर्का उपाध्यक्षमाश्रीमती रत्नकला पराजुली ,सचिब केदार ढुंगाना ,कोषाध्यक्ष श्रीमती अम्बिका पराजुली तथा सदस्यहरुमा राजेन्द्र पन्त, सम्पत लाल राजबंशी र सरिता पौडेल रहका छन् । भेलामा बोल्दै दलका महामन्त्री डाँगीले शान्ति र बिकासको लागि देशभरी सकारात्मक माहोल बनाउन राष्ट्र जागरण अभियान संचालन गरेको बताउँदै छिटै झापामा पनि यो कार्यक्रम गरिने जानकारी दिए महामन्त्री डाँगीले सार्बजनिक सोंच, जबाफदेहिता, अनुशासन र राष्ट्रिय प्रतिभाको विकासमा परिवार दल लागिरहको बताए ।दलका कोषाध्क्ष एवम संबिधान सभा सदस्य मिलन कुमारी राजबंशीले नेपालको संबिधानको पालना गर्न र परिवार दललाई बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा अघि बढाऊन क्रियाशील हुन आग्रह गरिन । नेत्री राजबंशीले देशमा अस्थिरताको बिजारोपण गर्नेहरु प्रति समयमानै सचेत हुन आग्रह गरिन ।
नव निर्बाचीत अध्यक्ष मोहन पान्डेले दलको राजनीतिक दर्शन बोकेर गाँउ गाउँ पुगेर संगठन बिस्तार गर्ने बताए ।

Bhansar Bivag
Argakhachi Cement