२३ पुस, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले परोपकार संसारकै जेठो र अग्लो बाद रहेको बताउनु भयको छ । दुख निवारण गुठि द्वारा राजधानीमा आयोजित बिशेष कार्यक्रममा बोल्दै ढकालले चरम ब्यक्तिबाद र स्वार्थबादका कारण विश्व शान्ति र मानबिय सभ्यतामा चुनौती थपियको भन्दै परोपकारबादको अभ्यासले मात्र प्रेम, सम्मान र सेवाको सस्कार विकास हुन्छ भन्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले समाजमा धेरै ब्यक्ति नकारात्मक सोंच र डिप्रेसनको सिकार भयको प्रति चिन्ता ब्यक्त गर्दै सामाजिक संघ / संस्थाहरुले समाजमा सकारात्मक बाताबरण सृजना गर्न भूमिका खेल्लु पर्ने बताय । अध्यक्ष ढकालले मनोसामाजिक परामर्शका कार्यक्रमको सान्दर्भिकता बढ्दै गयको बताउदै दुख निवारण गुठीले यस क्षेत्रमा गरेको योगदानको कदर गर्नु भयो । बालबच्चाहरुमा करुणाको भावना सानैदेखि जागृत गर्न आबस्यक रहेकोमा मनोबैज्ञानिकहरु एकमत रहेको उल्लेख गर्दै अरुको खातिर जिउने दर्शनको अनुशरण गर्न सबैमा आग्रह गर्नु भयो । ६ महिने मनोसामाजिक मनोबिमर्श तालिमका सहभागी हरुलाई प्रमाणपत्र वितरण गर्दै ढकालले सिकेको ज्ञान ब्यबहारमा उतार्न सहभागीलाई आग्रह गर्नु भयो । गुठिकी अध्यक्ष ओमु तेन्पा लामाको अध्यक्षतामा संचालित कार्यक्रममा विभिन्न सामाजिक अभियानकर्ताहरु रमेश ताम्रकार, डिक बान्तवा, बन्सुदेव अधिकारी र युबराज थापालाई सम्मान गरियको थियो । कार्यक्रममा शान्ति बिज्ञ डा. चुडा बहादुर श्रेष्ठ, सामाजिक अभियन्ता सन्तोष पौडेल, परिवार दलका महामन्त्री बिनोद डाँगी, मनोबैज्ञानिक श्रीमती चेतना लोखसम लगायतको सहभागिता रहेको थियो ।