बिष्णु निश्चल
सिन्धुली । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । संघीय राजधानी काठमाडौंबाट करिब चार घन्टाको सडक यात्रापछि पुगिन्छ, फिक्कल गाउँपालिकाको केन्द्र रहेको खाङसाङ बेसी । पारी ओखलढुङ्गाको अग्ला–अग्ला डाँडाहरु, माथि ७ हजार ७ सय ७१ फिट अग्लो फिक्कल डाँडा । सुनकोशीको किनारमा लमतन्न बसेको छ, खाङसाङ बेसी । काठमाडौंबाट बिपि राजमार्ग हुँदै खुर्कोट–घुर्मी मध्यपहाडी लोकमार्गको १ सय ५७.२ किलोमिटर सडक यात्रा निकै रोमञ्चक हुन्छ । भोटेकोशी, तामाकोशी लिखुलाई दायाँ पारेर गएको यो सडक खण्डको यात्रा आफैमा रमाइलो छ ।
भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ ।मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको सेवा पाउने सुनिश्चिततासँगै खाङसाङ क्षेत्रले विकासको नयाँ सम्भावनालाई पहिल्याएको हो । यही माघ २ गतेदेखि शुरु भएर आगामी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खाङसाङ क्षेत्रको सिन्धुलीको आकाशमा चरा झैँ प्याराग्लाइडिङ उडान शुरु भएपछि सहभागीको आकर्षण बढेको छ । प्याराग्लाइडिङसँगै सुनकोशी नदीमा जलयात्रा ‘¥याफ्टिङ’ समेत गरिएपछि स्थानीयवासी हौसिएका छन् ।
प्रथम फिक्कल महोत्सवको उद्घाटन गदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमतखेर नजाने उल्लेख गर्दै समृद्धिको यात्रामा वर्तमान सरकारबाट धोका नहुने बताए । बास्कोटाले आगामी पाँच वर्षभित्र मुलक विद्युत्मा आत्मनिर्भर हुने, रेल, नेपाली झण्डासहितको पानी जहाज, इँट्टाभट्टाजस्ता साना उद्योगमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुनेलगायतका कामबाट समृद्धि हासिल हुने बताए ।
उनले पर्यटकीय गन्तव्यको विकास, सिँचाइ, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिमा सुधार र रोजगारको प्रबन्ध गरेर नयाँ पुस्तालाई समृद्धि हस्तान्तरण गर्ने लक्ष्यमा वर्तमान सरकार इमानदार रुपमा लागिरहेको बताए । वृद्धभत्ताको निरन्तरताका साथै तलब खाने हरेक छोराछोरीले निश्चित हिस्सा बाबुआमाको सुरक्षा र संरक्षणका लागि विनियोजन गर्नुपर्ने र यसलाई स्थानीय सरकारले पनि कार्यान्वयन गर्ने प्रबन्ध केन्द्रीय सरकारले गर्ने उनले बताए ।
उनले सरकारले चीन, भारत र अमेरिकासँगको सम्बन्धमा नयाँ आयाम विकास, साना किसानको ऋण मिनाहा, वैदेशिक रोजगारमा काम गर्न कानूनी प्रतिरक्षाका लागि प्रतिव्यक्ति रु १५ लाखको व्यवस्था गरेको उनको भनाई थियो । मन्त्री बास्कोटाले आगामी जेठभित्र फिक्कलमा टेलिफोनका टावर निर्माण भई सेवा सञ्चालन गरिने र सुनकोशी विद्यालयमा प्रविधिमा आधारित अध्ययनका लागि आवश्यक कम्युटर उपलब्ध गराउने घोषणा गरे । कार्यक्रममा प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्काले अहिलेको अवस्थामा पनि कतिपय जनताले सञ्चारको सुविधा नपाउनु दुःखद भएको बताउनुभयो । सिन्धुलीका सांसद गणेश पहाडीले महोत्सवले सडक, विद्यालय, बिजुली र पर्यटन प्रवद्र्धन गर्ने बताईन् । ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले कृषि, जडीबुटी, वन र पर्यटन समृद्धिको मूल आधार भएकाले यसका लागि सबै लाग्नुपर्नेमा दिए
महोत्सवका क्रममा सुनकोशी नदीका नवलपुरघाटदेखि खाङसाङसम्मको ७ किलोमिटरमा ¥याफ्टिङ सञ्चालन गरिएको छ । सांसद गणेश पहाडीले विगत समयमा नै जिल्ला विकास समितिमार्फत् व्यावसायिक जलयात्रा सञ्चालनका लागि योजना अघि सारिएको र अब यसलाई कार्यान्वयनको चरणमा ल्याइएको बताउनुभयो । कृषि, जडीबुटी, वन र पर्यटनलाई समृद्धिको मूल आधार बनाउन स्थानीय तहले थालनी गरेका कार्यक्रमलाई आफ्नोतर्फबाट साथ रहने उहाँले घोषणा गर्नुभयो । प्याराग्लाइडिङ सिन्धुली, ओखलढुङ्गा र रामेछाप जिल्लामा उड्न सकिने र मौसम राम्रो हुँदा स्थानीय तहले व्यावसायिक सञ्चालन गरिने छ ।सुनकोशीमा नियमित ¥याफ्टिङ सञ्चालन गरिएमा सिन्धुली, ओखलढुङ्गा, उदयपुर र रामेछापलाई समेत पर्यटकीय विकासमा जोड्न सकिने देखिएको छ ।
फिक्कलडाँडा सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो समुन्द्री सतहबाट सात हजार ७०७ फिटको उचाइमा पर्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताईन् । ।
यस स्थलबाट सूर्योदय, सूर्यास्तजस्ता दृश्य देखिन सकिने भएकाले प्याराग्लाइडिङलाई प्राथमिकता दिइएको र यसबाट आन्तरिक तथा बाह्य पर्यटकमार्फत समृद्धिको यात्रा तय गरेको उनको भनाई छ । स्थानीय अर्गानिक कृषिउपजको व्यवस्थापन, व्यावसायिक कृषि, मगर र सुनुवार जातिका मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गराउन सकिने भएकाले केही समयपछि होमस्टे (घरबास) सञ्चालनका लागि पनि योजना बनाउने सम्भावना रहेको छ ।फिक्कल गाउँपालिकामा पर्ने महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती सबै गाउँहरु प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न छ । तर, ती सम्पदाहरुको उपयोग नहुँदा फिक्कलबासीहले अझै पनि आफूलाई सिन्धुलीको कर्णालीबासी सम्झिरहेका छन् । तिनै प्राकृतिक सम्पदाहरुसँग सबैको साक्षत्कार गराउनका लागि अहिले फिक्कलमा महोत्सव चलिरहेको छ । फिक्कल गाउँपालिकाको आयोजनामा माघ २ गतेदेखि सुरु भएको महोत्वस ७ गतेसम्म हुनेछ । सोही क्षेत्रका सांसद गणेशकुमार पहाडीले अब क्षेत्रमा व्यावसायिक रुपमा र्‘याफ्टिङ सञ्चालन गरिने जानकारी दिए । यो क्षेत्रलाई नेपालकै पर्यटकीय गन्तव्य बनाउनका लागि सांसद पहाडी कम्मर कसेर लागेका छन् । पर्यटन मन्त्रालय र सरोकारवाला सबै निकायहरुमा यसको लागि आफूले पहल गरीरहेको पहाडीले बताए । फिक्कलको समृद्धिमा पर्यटनलाई जोड्ने प्रयास रहेको उनको भनाई छ ।
फिक्कलको डाँडाबाट सुन्दर हिमाली श्रृखलासँगै पूर्वका पहाडी जिल्लाहरु पनि हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक छ । फिक्कल क्षेत्रमा सूर्योदय र सूर्यास्त हेर्नका लागि यो सबैभन्दा उयुक्त ठाउँ हो ।’फिक्कलको उत्तरतिर रहेको महाकाली देवीस्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरु छन् । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने गरेको छ ।