पर्याप्त सम्पत्ति भएर पनि मत्स्येन्द्रनाथको जात्रा सञ्चालन गर्न खर्च अपर्याप्त

प्रकासित मिति: ५ श्रावण २०७४, बिहीबार १३:४२

ललितपुर, ५ साउन । रातो मत्स्येन्द्रनाथको नाममा उपत्यकाका धेरै स्थानमा जग्गा भए पनि जात्रा सञ्चालनका लागि आय पर्याप्त छैन ।

मत्स्येन्द्रनाथको नाममा भएका जग्गा कमाउने मोहीले बुझाउने कुत वा त्यस बराबरको रकम कम हुँदा जात्रा सञ्चालनका लागि खर्च पर्याप्त नभएको हो । आम्दानीले जम्मा खर्चको ३० देखि ३५ प्रतिशत मात्रै पुग्ने गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख वैकुण्ठ आचार्यले बताउहुन्छ । उहाँले भन्नुुहन्छ – “जात्रा सञ्चालनका लागि हुने खर्च वर्षेनी बढिरहे पनि कुत भने बढेको छैन ।

भूमिसुधार ऐनअन्तर्गत मोहीले कमाएका जग्गामा लामो धेरै कुत निर्धारण गरिएपनि त्यसयता परिवर्तन हुन नसकेकाले आम्दानी बढाउनका लागि नीतिगत निर्णय हुनुपर्ने कार्यलय प्रमुख आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामीले व्यवस्थापन गर्न नसकेकै कारण मत्स्येन्द्रनाथको धेरै सम्पत्ति भएर पनि त्यसअनुसार आम्दानी गर्न नसकिएको हो ।

मत्स्येन्द्रनाथको नाममा छम्पी, चापागाउँ, झरुवाराशी, बुङ्मती, खोकना, इमाडोल, लुभू लामाटारलगायतका स्थानमा जग्गा छ । ६०१ रोपनी जग्गा रैतानी (व्यक्तिको नाममा पास) भएको थियो । विसं २०६४ मा सार्वजनिक गुठीको जग्गा रैतानी गर्न नपाउने सरकारको निर्णयपछि भने रैतानी हुन सकेको छैन ।

मत्स्येन्द्रनाथको जात्रामा हुने खर्च भने वर्षेनी बढिरहेको छ । यस वर्ष जात्रामा झण्डै रु ६० लाख खर्च भएको थियो । अन्य पर्व तथा पूजामा झण्डै रु २० लाख खर्च भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष बाह्रवर्षे जात्रा सञ्चालन गर्दा रु एक करोड ३५ लाख खर्च भएको थियो । उहाँले भन्नुभयो – “केही वर्षदेखिको जात्रा सञ्चालनमा भएको खर्च बढ्दो छ ।”

मत्स्येन्द्रनाथको जात्रा सञ्चालन विभिन्न थरका व्यक्ति सहभागी हुने गरेका छन् ।पूजा गर्ने, काठ काट्ने, ल्याउने, रथ र खट बनाउने, रथ तान्नेलगायतका कामका लागि छुट्टाछुट्टै समूहको सहभागिता रहन्छ । यी सबै कामका लागि पहिले ज्यालाबापत जग्गा दिइन्थ्यो तर अहिले कतिपयले जगा विक्री गरिसकेको र कतिपयको जग्गा पनि पर्याप्त नहुँदा कार्यालयले रकममै ज्याला दिएर काम गराइरहेको छ ।

ज्योतिष दैवज्ञ कीर्तिमर्दन जोशीले गुठीको जग्गा कमाएका किसान वा पसल कवल चलाएका व्यापारीले भाडा, कुत बुझाउन गाह्रो मान्दा गुठी सञ्चालनका लागि आय पर्याप्त नभएको बताउनुहुन्छ । मलाई याद हुँदासम्म एक वर्षमा जम्मा एक मोहोर आम्दानी भएको स्मरण गर्दै उहाँ भन्नुहुन्छ – “त्यतिबेला त्यही पनि ठूलो रकम हो र जात्रा चलाउन पनि पुग्थ्यो ।” विसं २०५२ मा आफूहरुले ३५६ रोपनी जग्गाको लगत दिएका थियौँ अब तालुकदार निकाय गुठी संस्थानले नै कडीकडाउ गरेर कुत उठाउनुपर्छ

Bhansar Bivag
Argakhachi Cement