‘पर्वते ठिटो’ लोकदोहोरी बजारमा

प्रकासित मिति: ३० कार्तिक २०७४, बिहीबार ०४:५७

लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘पर्वते ठिटो’ बोलको लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको छ ।

सुजन बराइलीको लय, शब्द तथा स्वर रहेको सो गीतमा गायिका पूर्णकला बिसीले साथ दिनुभएको छ । यात्रा र माया प्रेमलाई समावेश गरिएको सो गीतलाई हालै बजारमा ल्याइएको हो । गायक बराइली विगत डेड दशकदेखि निरन्तर लोक गीत÷संगित गायनमा हुृनुहुन्छ ।

बराइलीद्वारा स्वरबद्ध ‘बोलाई पासो भो’, ‘अन्त नजर लाउन छोड्नेछु’, ‘रमाइलो गर्ने यही बोली हाँसो हो’, ‘तिम्ले मेरो कुभलो चाहे नि’, ‘म्याग्देली ठिटो मायामा भुलियो’ र ‘सम्झना जन्मभूमि’ लगायत करिब एक दर्जन गीत एल्वम बजारमा उपलब्ध छन् ।

Bhansar Bivag
Argakhachi Cement