पर्सा र धनुषामा परिवार दलको बढ्दो सक्रियता

प्रकासित मिति: २५ भाद्र २०७४, आईतवार ०३:०८

दैनिक घरदैलो कार्यक्रममा जुटे कार्यकर्ता
पर्सा । तेश्रो चरणको स्थानीय तहको निर्बाचनमा नेपाल परिवार दलले बारा र पर्सा जिल्लामा पनि उम्मेदवारी दिएर सक्रिय प्रचार प्रसारमा जुटेको छ । परिवार दलले पर्साको पोखरिया नगरपालिकामा मेयरमा कृष्णा पटेल, सम्भौबता गाउपालिकाको अध्यक्षमा अमोद केवट, पटेर्वा सुगौली गाउपालिकाको अध्यक्षमा बिर शमशेर गिरी, असवाडी गाउपालिकाको अध्यक्षमा खेमराजलाई उम्मेदारी बनाएको दलका जिल्ला अध्यक्ष पल्टन कुर्मीले जानकारी दिए । बिरगंज महानगरपालिकाको धेरै वडामा प्यानल सहित उम्मेदवारी दिएको परिवार दलले मेयरमा भने उम्मेदवार उठाएको छैन । त्यसैगरी धनुषामा पनि परिवार दललाई चुनाब लागेको जिल्ला अध्यक्ष अब्दुल केयुम शाहले जानकारी दिए । जनकपुर उपमहानगरपालिकाको उपमेयरमा शिला देबीझा लाई उम्मेदवार बनाएको परिवार दलले मेयरमा उम्मेदवारी दिएको छैन । आफ्ना उम्मेदवार नउठायको पदहरुमा सहमतिको आधारमा अन्य दलहरुलाई सघाउन सकिने दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए । परिवार दलले “स्थानीय तहमा नमुना काम ः परिवार दलको साँचोमा मतदान“ भन्ने नाराका साथ स्थानीय चुनाबमा होमिएको छ । स्थानीय निर्बाचनमा मात्र नभई प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको समेत तयारीमा परिवार दल जुटेको दलकी सांसद मिलन कुमारी राजबंशीले बताईन ।

Bhansar Bivag
Argakhachi Cement