पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा ढकाल

प्रकासित मिति: ३२ श्रावण २०७४, बुधबार १५:४०

काठमाडौँ, ३२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाललाई नियुक्ति गरेको छ ।

मन्त्री जीतेन्द्रनारायण देवले आज मन्त्रिस्तरीय निर्णय गर्नु भई डा ढकाललाई चारवर्षे कार्यकालका लागि सो पदमा नियुक्त गर्नुभएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट संस्कृति विषयमा स्नातकोत्तर गर्नुभएका ढकालले बनारस हिन्दू विश्वविद्यालयबाट “हिन्दू धर्ममा शान्तिको अभियान” विषयमा विद्यावारिधी गर्नुभएको छ ।

डा ढकाल एसिया प्रशान्त शान्ति अनुसन्धान संघको महासचिवसमेत हुनुहुन्छ । उहाँले आजै बेलुकी कोषको कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणसँगै उहाँले पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो

Bhansar Bivag
Argakhachi Cement