पशुबलि को विधि अत्यन्त जटिल छ

प्रकासित मिति: २३ आश्विन २०७३, आईतवार ११:४५

–प्राज्ञ मुकुन्दशरण उपाध्याय
बलि भनेको के होला?
बलि शब्दको अर्थ त्याग हो । त्याग धेरै कुरा को हुन्छ । ती त्याग हुने कुराहरूमा हाम्रा कर्मकाण्डहरूलेदधिभक्त बलि,कूष्माण्डबलि इत्यादि पनि भनेका छन् ।दहि र भात मुछेर बलि गर्ने भनेको या कूष्माण्डबलि भनेको अर्पण गर्ने अर्थमा हो । यसरी हेर्दा बलिको तात्पर्य समर्पण गर्नु हो भन्ने बुझिन्छ ।समाजले प्राप्त गर्ने खालको त्याग पनि त्याग हो । तसर्थ बलि शब्दको आरम्भ त्याग या समर्पण गर्ने तात्पर्यमा छ । हामीले जीवनमा त्याग गर्न सिक्यौं भने हाम्रो जीवन सुखी हुन्छ, शान्त हुन्छ भन्ने आशय त्यहाँ लुकेको छ । यसरी हेर्नु पर्ने विषय हो यो ।

बलित्यागया समर्पण हो भने पशुपन्छीका हकमा त्यस्तो त्याग के कारणले शुरु गरियोहोला?
यस प्रकारका कुरा जगमै गएर खोतल्नु पर्ने हुन्छ । के हुन सक्छ भने प्राचीन कालमा सञ्चयी अर्थात् धेरै ओगटेर राख्ने मानिसहरुले ठूला ठूला खोर बनाएर अनेक थरी पशु र पन्छीहरुलाई बन्धनमा राख्ने काम गरे होलान्र बन्धनमा सुख हुँदैन, भन्ने देखेका ऋषिहरुका हृदयमा करुणा जागृत भयो होला । उनीहरुले तिनलाई पुनः वन, जंगलमै त्याग गर्ने शिक्षा शुरू गरे होलान् । पशुबलिको एउटा पाटो यही हो । वनमा सिंह, चितुवा, बाघ, ब्वाँसाहरु पनि पशुहिंसा गरिरहन्छन् तर तिनीहरुमा मानिसको जस्तो ओगट्ने प्रवृत्ति हुन्न । मानिस धेरै ओगट्ने प्रवृत्तिको हुँदा त्यो समस्या आयो होला र पशुहरूलाई बन्धनबाट छुटाउन पर्ने स्थिति उपस्थित भयो होला भनेर बुझ्नु पर्छ । किनभने ऋषिहरु त करुणामय हुन्थे र त्यही करुणाले त्यस तर्पm लागे होलान् । ऋषिहरुको त्यही करुणा पछि भगवान् बुद्धमा जागृत भयो र‘‘कति डुल्दो हूँ, कति फिर्दो हूँ कति कति देशान्तर.डुल्दो हूँ….’’भन्ने कविशिरोमणि लेखनाथमा पनि उपस्थितभयो । तसर्थ बन्धन परेका जीवहरुलाई स्वतन्त्र बनाइदिन पाए हुँदोहो भन्ने भावनाले जङ्गलबाट घरमा ल्याएर पालेका जनावरबाँदर, खरायो, मृग, सुगा, मैना आदिलाई जङ्गलमा लगेर छोड्ने, घरमा सानो खोपीमा पालेका माछालाई खोला, नदी, पोखरीमा छोड्ने प्रेरणा दिए होलान् । बलि अर्थात् त्यागको अर्थ यसरी पनि बुझ्न सकिन्छ ।
तर आज देखिएको पशुबलिमा त करुणा नभएर क्रूरता भयो भन्ने चिन्ता धेरैले गरेका छन् यस्तो प्रचलन कसरी शुरु भयो होला ?
वैदिक धारणा हेर्ने हो भने मा हिंस्यात् सर्वभूतानि भनेर कुनै पनि प्राणीलाई हिंसा नगर नै भनिएको छ । हिंसा गर्ने धारणाबाट हाम्रो संस्कृतिको जन्म भएको देखिँदैन । तर कालान्तरमा कतिपय व्यवहारिकताले र तान्त्रिक सिद्धि प्राप्त गर्ने प्रसंगहरुका कारणलेबलि शब्दको सन्दर्भ हिंसा तिर पनि प्रवृत्त भएको हुनसक्छ ।
तान्त्रिक पद्धति वैदिक जस्तै आदरयोग्य होइन पनि भनिन्छ ?
त्यसरी सोच्न पनि हुँदैन । हाम्रा लागि वैदिक र तान्त्रिक दुवै परम्परा आदरणीय छन्र दुवै महत्त्वपूर्ण पनि हुन् । वेदका कुरालाई मान्यौं र तन्त्रका कुरालाई निषेध ग¥यौं भने पनि हाम्रो ठूलो अङ्ग निषिद्ध हुने खतरा हुन्छ । फेरि तन्त्रविद्याको जरो पनि त वैदमै छ । यसर्थ म व्यावहारिक बनेर धर्मको रक्षा गरौंभन्ने गर्छु । हिंसा घटाउने प्रसंगलाई पनि व्यावहारिकता सँगै जोडेर हेरिनु पर्छ । जस्तै आफ्ना युवा सन्तानहरुलेदिनहूँ पशु हिंसा भएको देखेर त्यसलाई नियन्त्रित गर्न ‘‘सधै यस्तो नगर, खास खास पर्वमा मात्र काटमार गर’’ भन्नु परेको देखेका हुन्छौं । यस्तै अवस्था हाम्रा ऋषिहरूमा पनि आएको हुनसक्छ ।
हाम्रा ऋषिहरूले पनिहिंसालाई नियन्त्रित गर्ने भावना राखेर– यस्तो पर्वमा, यस्तो ठाउँमा यति विधि पु¥याएर तिमीहरूले काटमार गर्न हुन्छ पनि भन्नु भयो होला । तर सधैँ यसो नगर भन्नु पनि भयो । मलाई लाग्छ यसका पछाडि अनियन्त्रित काटमार लाई सुनियोजित र व्यवस्थित गर्ने भावना अन्तर्निहित थियो तरक्रमशः त्यसमा फेरबदल हुँदै गएर आजको यो परिस्थिति आएको हो ।
एउटा बुझ्न पर्ने कुरा के पनि छ भने कुनै पनि परम्पराको जन्म वैज्ञानिक कारणले हुने गर्छ र कालान्तरमा त्यसले आस्था र श्रद्धा को रूप लिन्छ ।आस्था र श्रद्धाले संस्कृति र परम्पराको जगेरना गर्दछन् र ती सुरक्षित हुन्छन् । पवित्रताको कारणले गर्दा समाजमा ती कर्मप्रति शिर झुक्ने अवस्था पनि आउँछ । तर लामो समयपछि खेतिपातीमा झारपात पलाएझैँफाल्नै पर्ने खालका रुढिवादहरू पनि थपिन थाल्छन् । रुढिवादहरू थपिएपछि धर्मसंस्कृतिकोगरिमा घट्छ र विकृति आउँछ । त्यसमा सुधार नगरी नहुने हुन्छ । त्यो अवस्था हिंसात्मक बलिको क्षेत्रमा पनि आउनु स्वाभाविकै हो । अहिले सज्जन मानिसहरूमापशुहरू माथि ठूलो अन्याय भयो भन्ने जुन भावना आएको छ त्यो यसैको उदाहरण हो ।
एक थरीले पशुबलि त शास्त्रमै छैन भनेको अवस्था छ भने अर्को थरीले शास्त्रसम्मत छ भनेका छन्, वास्तविकता के होला?
बलिप्रथा शास्त्रसम्मत छँदै छैन भन्नचाहिँ म पनि सक्दिनँ । विभिन्न किसिमका हाम्रा ग्रन्थहरू छन् ती ग्रन्थहरूमा खोजी पस्यो भने बलिका प्रसङ्गहरू पाइन्छन् । यहाँसम्म कि भावगत्मै पनि भगवान् श्रीकृष्णबाट उद्धवलाई शिक्षा दिने क्रममा–लोके व्यवायामिषमद्यसेवा, नित्या हि जन्तोर्नहि तत्र चोदना’आदि भनेर विधिविधानको संस्मरणगर्नुभएको छ । त्यहीं फेरि भगवानले ती सब कुराबाट निवृत्त हुन आवश्यक छ पनि भन्नुभएको छ । भए पनि ऋषिहरूले बनाएका विधिहरू जहाँ काटमारको विधान छ, त्यहाँ पनि सिधै च्वाट्ट काट भनेको चाहिँ कतै पनि छैन । त्यहाँ पनि विधि, विधान दिएको छ र त्यो पद्धति सरल पनि छैन ।
पशुबलि गर्ने विधिमा त्यस्ता के के जटिलता होलान् ?
पहिलो कुरा त बलि दिइनेपशुमा योग्यता पुग्नु पर्छ भनिएको छ । त्यो योग्यता के हो भने बलि दिइने पशु पूर्णतया युवा हुनु पर्छ र निरोगी हुनु पर्छ । सुन्दा सजीलो लागे पनि पशुलाई पूर्णतया युवा भएको र निरोगी भएको कुरा कसरी थाहा पाउने ? यो एकदमै कठिन शर्त हो । के आजको परिस्थतिमा पूर्णतया निरोगी पशु भेट्न सम्भव होला ?अर्को कुरा बलि दिनुपूर्व बलिदिने यजमानले पशुलाई स्नानादि द्वारा शुद्ध बनाएर अभिमन्त्रण गर्नुपर्छ भनिएको छ ।अभिमन्त्रणा भनेको व्यापक किसिमले मन्त्रणा गर्नु हो । व्यापक मन्त्रणा भनेको साधारण हुँदैन । त्यहाँ अनेकथरी वनौषधिहरूको प्रयोग गर्नुपर्छ । वनौषधि मिसिएको जलको अभिषेक गर्नुपर्छ । त्यो अभिषेकबाट उसलाई प्रभाव पार्नका लागि त्यस प्रकारका मन्त्रहरू जानेका विद्वान्हरूको सहयोग चाहिन्छ। ती विद्वान्हरूमा मन्त्रसिद्धि पनि हुनुपर्छ । विना मन्त्रसिद्धि अभिमन्त्रणा पूर्णहुन सक्दैन । यसरी ती विद्वान्हरूले विधि पु¥याएर सारा वनौषधिलगायत जे जस्ता सामग्रीहरूजडिवुटी, जल, मन्त्रजे जे आवश्यक पर्दछन् ती सबै जुटाएर उपयुक्त मन्त्र छनोट गरी पशुबलि गरिनु पर्दछ । एउटा के मान्यता छ भने यदि त्यस्तो विधि पुगेको जलले अभिमन्त्रित गरिएको छ भने बलि दिइने पशुलाई कुनै पीडाको महसूस पनि हुँदैन रत्यो काटमार चाहिँ हिंसा हुँदैन भन्ने मान्यताबाट यो विचार उत्पन्न भएको देखिन्छ ।
अहिले के देखिएको छ भने हाम्रो व्यस्तता, वेदशास्त्रर तन्त्रविद्याको अध्ययनमा आएको कमीका कारणले हामी शास्त्रीय ज्ञानबाट विमुख भएका छौं । अज्ञानी मानिसले त विधि पूरा गर्न सक्दैनन् । विधि नपु¥याई गरिएका यस्ता यज्ञहरू ज्यादै हानिकारक हुन्छन् ।भगवान्ले ‘‘यः शास्त्रविधिमुत्सृज्य’’भनेर जथाभावी यज्ञ गर्नलाई कठोर निषेध गर्नु भएको छ । जसले गर्दा देवी देवतालाई चढाएर केही लाभ होला भनेर यज्ञमा प्रवृत्त भएका मानिसहरू ठगिन्छन् ।विधिहीन यज्ञले उनीहरूको उद्देश्यको विरीत फल दिन सक्छ । त्यसकारण विधि पु¥याउन नसक्नेले पशुबलि गर्नु पाप हो भन्ने मलाई लागेको छ ।
वर्तमान समयमा पनि यस्तो शास्त्रसम्मत विधिबाट बलि गर्न सकिन्छ होला र?
त्यसरी विधि पु¥याउन सकेको मैले देखेको छैन । हुनतयस्ता विद्वान्हरू पनि कतै कतै होलान्,वनारसमा त्यस्ता विद्वान्हरू कोही कोही छन् भनेकोसुनेको छु, तर भेटेको छैन । त्यसकिसिमका सिद्धिप्राप्त विद्वान्हरूले, त्यति ठूलो सिद्धि गरेर, शास्त्रका मर्यादा पालन गरेर त्यस्ता यज्ञ गर्छन् भने शास्त्रविहित त्यस्तो यज्ञको लागि निषेध गर्ने साहस मसँग छैन । तर हाम्रो समाजको परिप्रेक्षमा त्यो विधि पुग्न सकेको छैन । जस्तो गढिमाईकै कुरा गरौं, त्यहाँ हिन्दुस्तानतिरबाटै धेरै पशु आउने हुन् । नेपालबाट त त्यहाँ पशुहरू लिएर जाने र काटमार गर्नेको सङ्ख्या निक्कै थोरै छ । यहाँ एउटा के कुरा पनि स्मरणीय छ भने सामान्यतया हाम्रै नेपाली दाजुभाइहरूले के पनि बुझ्न आवश्यक छ भने नेपालमा भन्दा हिन्दुस्तानमा पनि धेरै पशु हिंसा हुन्छ । त्यहाँ यस्ता मन्दिरहरू छन् जहाँ अत्यधिक काटमार हुन्छ । त्यहाँ पनि विधि पुगेको कतै देखिएको छैनर त्यहाँ पनि विद्वान्हरूले विधि पु¥याउन सकिएन भन्ने चिन्ता गरेका छन् । यहाँ पनि धेरै नेपाली विद्वान्हरू चिन्तित हुनुहुन्छ । गढिमाईको विषयमा त मैले कस्तो सुनेको छु भने मादक पदार्थ पिएका र धारिलो खुँडा लिएका व्यक्तिहरूले पशुहरूको भीडमा गएर जतापायो उतै प्रहार गर्दैबाँधिएका पशुहरूलाई दर्दनाक ढङ्गले हत्या गर्दछन् रे । यी सबै हत्याको धर्मसँग सम्वन्ध कसरी हुन सक्छ । धर्मसँग सम्बन्ध हुनलाई अघि बताएअनुरूपको विधि पुग्नु पर्दछ । तसर्थ अहिलेको परिप्रेक्षमा बलिप्रथा रोक्नै पर्ने देखिएको छ ।
सर्वोच्च अदालतले हालै गढिमाईको बलि विषयमा गरेको निर्णयलाई यहाँले कसरी लिनु भएको छ ?
सर्वोच्चले कुन आधारमा कसरी भनेको छ ?त्यो मैले पढेको छैन । हुनसक्छ, सर्वोच्चमा बस्ने न्यायधीशहरूले शास्त्रवचनको परिशीलन पनि गर्नुभयो होला ! शास्त्रमा बताएअनुरूप गर्दा त धेरै विधि पु¥याएर पो बलि दिनु पर्ने रहेछभन्ने बुझेर या धेरै जनताको चाहना त्यहाँको बलि निषेध गर्नु पर्छ भन्नेदेखेर पनि यस्तो निर्णय गर्नु भयो होला, यसर्थयो स्वागतयोग्य कुरा हो ।

Bhansar Bivag
Argakhachi Cement