सिन्धुलीको गोलन्जोर गाउपालिका तिन पातलेटारमा ढुङगा माटो सहित खसेको सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गएराती बाटोमा हिडिरहेको समयमा खसेको सुख्खा पहिरोमा परी गालेन्जोर तिनका ३० बर्षिया सिंह बहादुर तामाङको मृत्यु भएको हो । हिड्ने बाटो माथि नयाँ सडक खनिएको र त्यही खनिएको सडकबाट सुख्खा पहिरो खसी तामाङको घटनास्थल मै मृत्यु भएको सिन्धुलीका प्रहरी उपरिक्षक टिका बहादुर केसीले जानकारी दिनुभयो ।