काठमाण्र्डाैं । आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिश मतदान भएको छ । सबैभन्दा धेरै बाजुरामा ८० प्रतिशत मतदान भएको छ । आइतबार ३२ जिल्लामा पहिलो चरणको निर्वाचन भएको थियो।
यसैबीच नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले पहिलो चरणको निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न भउकोमा निर्बाचन आयोग, सरकार, राजनैतिक दलहरु, सुरक्षा निकाय तथा मतदातामा आभार ब्यक्त गरेका छन् । वाम प्रगतिशील गठबन्धनका नेता समेत रहेका ढकालद्वारा जारि बिज्ञप्तिमा निर्बाचन लोकतन्त्रको मुटु हो भन्दै अब मुलुकमा स्थायित्व, दिगो शान्ति र आर्थिक उन्नति हुने बिश्वाश ब्यक्त गदै दोस्रो चरणको निर्वाचन पनि सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आवहान गरेका छन् ।