पाकिस्तानी संसद भवनमा एशिया प्यासिफिक समिटको चर्चा

प्रकासित मिति: १८ माघ २०७५, शुक्रबार १५:४१

समिटको सफलताको लागी पाकिस्तानी सभामुख द्धारा नेपाललाई बधाई

१८ माघ, इस्लामाबाद । नेपालमा केही समय अघि सम्पन्न एशिया प्यासिफिक समिट भब्य रुपमा सम्पन्न भएको भन्दै पाकिस्तानका सभामुख असाद कैसेरले नेपाल तथा समिट आयोजकहरुलाई बधाई दिएका छन् । समिट आयोजक समितिका सहअध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालसंगको भेटमा सभामुख असाद कैसेरले नेपाल र पाकिस्तानको सम्बन्ध घनिष्ट मित्रको हो भन्दै दुर्इ देश बिचको ब्यापार र आदान प्रदानको बृद्धि तथा प्रत्यक्ष हवाई सेवा सुचारु हुनु पर्ने धारणा राखेका थिए । सभामुखले पाकिस्तानी संसदमा पाकिस्तान नेपाल संसदीय मैत्री समूहू गठन गरेको उल्लेख गर्दै नेपाली संसदले पनि मैत्री समूह गठन गर्ने बिश्वाश ब्यक्त गरे । इस्लामाबाद स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा पूर्व मन्त्रि ढकालले एशिया प्यासिफिक समिटको बारेमा संक्षिप्त जानकारी दिदै उक्त सम्मेलनद्वारा जारि काठमाडौँ घोषणा पत्र सभामुख असाद कैसेरलार्इ प्रदान गरेका थिए । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले नेपालमा हुन लागेको लागनी सम्मेलनमा पाकिस्तानको निजि क्षेत्रको सक्रिय सहभागिताको लागी पनि आग्रह गरे । भेटमा पाकिस्तानका सांसदहरु तथा संसदका बैदेशिक सम्बन्ध हेर्ने महानिर्देशक वासीम इकबाल लगायत उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो । ढकालले पाकिस्तानी सिनेटर मुशाहिद हुसैन लगायत सिनेटका सिनेटरहरु संग पनि छलफल गरेका थिए ।एशिया प्यासिफिक समिटमा पाकिस्तानको संसदको संसदीय प्रतिनिधिमंडलले सहभागिता जनाएको थियो । वर्तमान विश्वका चुनैतिहरुको सामना स्अन्तरनिर्भरता, पारस्पारिक संमृद्धि र विश्वब्यापक मूल्यमान्यताू बिषयक शिखर सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले गर्नु भएको थियो भने नेपाल सहितका ७ मित्र राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख र ४५ राष्ट्रका १५०० विशिष्ट प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

Bhansar Bivag
Argakhachi Cement