पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायको आयोजनमा पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ । सो संकायका विभिन्न ७ वटा कार्यक्रमका १०० भन्दा बढी विषयका पाठ्यक्रम निर्माण गरी छलफल तथा कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा मुख्य गरी ८ औँ सेमेस्टरको इन्टर्नसिपलाई उद्योग प्रतिष्ठानहरूसँग सहकार्य गरेर कसरी बढी प्रभावकारी कसरी बनाउने तथा विद्यार्थीको विदेश पलायनलाई सम्बोधन गर्न के कस्तो पाठ्यक्रममा पुनरावलोकन वा पुनर्लेखन गर्नु पर्ने हो सो बारेमा विस्तृत छलफल गरिएको इन्जिनियरिङ संकायका डिन प्रा।देवी प्रसाद भट्टराईले बताए ।
इन्जिनियरिङका विषयहरूलाई थप आधुनिकीकरण गरी समय सापेक्षिक र औधोगिकीकरणसँग जोडेर बनाइएको पाठ्यक्रमले विद्यार्थीहरूको व्यवसायीक क्षमता अभिवृद्धि गर्न कोषे ढुङ्गा साबित हुने विश्वास रहेको भट्टराईको भनाई छ ।
विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले विश्वविद्यालयको समग्र पहिचान नै पाठ्यक्रम भएको हुँदा पाठ्यक्रम युग र माटो सुहाउदोँ हुनुपर्ने जोड दिए । रजिस्ट्रार नीलमणि पोख्रेलले इन्जिनियरिङ अध्ययनपछि विद्यार्थीहरु बेरोजगार नहुने सुनिश्चितता सहितको पाठ्यक्रम निर्माण गरिएको बताए ।
कार्यक्रममा विभिन्न विषय समितिका ६० जना भन्दा बढी विज्ञहरूको सहभागिता रहेको थियो भने नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरको सहयोग रहेको थियो ।