काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक केही बेरअघि सुरु भएको हो ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ ।