पिसजोनमा अन्तर सदनात्मक हाजिरीजवाफ

प्रकासित मिति: २६ मंसिर २०७५, बुधबार १६:००

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमेले अन्तरसदनात्मक रुपमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । पोखरा ८ फिर्केस्थित बराल समाज घरमा गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा पहेँलो सदन प्रथम हुन सफल भयो । प्रतियोगितामा पहेँलो सदनका तर्फबाट प्रनिशा अधिकारी कक्षा १०, सङ्गम क्षेत्री कक्षा १० , अभिप्शा केसी कक्षा ९ र सत्यम गिरी कक्षा ६ ले सहभागिता जनाएका थिए । प्रतियोगितामा रातो सदन कक्षा १० की पूजा पौडेल, कक्षा १० कै अमन घिमिरे, कक्षा ९ की ग्रीष्मा तिम्सिना र कक्षा ७ की सदीक्षा लामिछानेको समूह द्वितीय स्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाललले पुरस्कार प्रदान गर्दै यस्ता अवसरहरुलाई विद्यार्थीले सधैँ सदुपयोग गर्नुपर्नेमा जोड दिए । विद्यालयले गरेका कार्यक्रममा अरु विद्यार्थीलाई पनि सक्रिय सहभागिता जनाई पढाइसँगै सह क्रियाकलापमा पनि प्रतिभाशाली बन्न सके जीवनमा सफल भइने शर्माले सुझाव दिए । विद्यालयकी कार्यकारी प्राचार्य अश्मी शर्मा दाहालले सञ्चालन गरेको कार्यक्रममा जेनेरल राउण्ड, बज्र राउण्ड, अडियो भिज्यूअल राउण्ड, ¥यापिड फायर राउण्ड गरी कार्यक्रम सञ्चालन गरिएको थियो ।

Bhansar Bivag
Argakhachi Cement