दिपेन्द्र पौडेल
पोखरा लेखनाथ ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा प्रत्येक महिना गरिँदै आएको महिना विद्यार्थी छनोटअन्तर्गत जेठ महिनाको नतिजा सार्वजनिक गरिएको छ । कक्षा एल केजीदेखि दसकक्षासम्म प्रत्येक कक्षाबाट एक एक जनालाई उनीहरुको मासिक मूल्याङ्कन गरेर छनोट गरिएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिए ।
पुरस्कृत विद्यार्थीलाई नगद पुरस्कार र महिनाभरि आआफ्नो कक्षाको भित्तामा फ्लेक्स प्रिन्ट फोटो टाँसिएको उनले बताए । जेठ महिनामा पुरस्कृत हुने विद्यार्थीहरुमा कक्षा एलकेजीबाट अमुल राना मगर, कक्षा युकेजीबाट सौगात माझी, कक्षा एकबाट आस्ना पौडेल,कक्षा दुईबाट प्रिसुब्न भट्टराई र कक्षा तिनबाट प्रतिष्ठा सुवेदी रहेका छन् । त्यसैगरी कक्षा चारबाट रोजिना शर्मा, कक्षा पाँचबाट ग्रीसिका सिवाकोटी, कक्षा छबाट नीतिक गुरुङ र कक्षा सातबाट अमन कुमार चौधरी महिना विद्यार्थी जेठबाट सम्मानित भए । त्यस्तै कक्षा आठबाट निमेष रेग्मी, कक्षा नौबाट मनिष खड्गी र कक्षा दसबाट सङ्गम क्षेत्रीले जेठ महिनाको महिना विद्यार्थीको उपाधिलाई आफ्नो पोल्टामा पार्न सुरक्षित भए । पुरस्कृत विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ र फोटो फ्लेक्स प्रिन्ट एक महिनासम्म कक्षाको भित्तामा टाँसिने विद्यालयले जनाएको छ ।
फरक सोच, भिन्न शैली एवम् विद्यार्थी मैत्री वातावारणमा सञ्चालित पिसजोन एकेडेमीले विगत १५ वर्षदेखि नै अन्य विद्यालयहरूले भन्दा फरक शैलीका कार्यकक्रमहरू सहक्रियाकलाप र शैक्षणिक योजनामा राखेर अघि बढेको संस्थापक शर्माले जनाए । सैद्धान्तिक ज्ञान, किताबी ज्ञानमात्र नभई बालबालिकाको चौतर्फी विकासमा फरक शैली अप्नाएर विद्यार्थीको मानसिक, बौद्धिक एवम् चारित्रिक विकासमा जोड दिने गरिएको विद्यालयले जनाएको छ ।
पिसजोनमा कक्षा सजावट
पोखरा लेखनाथ ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा शैक्षिक वर्ष २०७५ का लागि प्रत्येक कक्षामा तहगत रुपमा कक्षाकोठाको सजावट गरिएको छ । विद्यार्थीहरूको चौतर्फी विकासलाई मध्येनजर राख्दै विद्यालयले हरेक कक्षा कोठामा स्थायी रूपमा कक्षा सजावटका सामग्रीहरु टाँसेको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहलले जानकारी दिए । प्रत्येक कक्षा कोठामा विद्यार्थीको उमेर, स्तर र उपयोगितालाई ध्यामा राखेर राष्ट्रिय एमव् अन्तर्राष्ट्रिय स्तरका शैक्षिक सामग्रीलाई फ्लेक्स प्रिन्ट गरेर भित्ताहरू सजाइएको शर्माको भनाइ छ । प्रत्येक कक्षाकोठामा राष्ट्र, राष्ट्रियत, जन्मभूमिप्रतिको आस्था र जन्मदाता आमाबाबालाई गरिने आदरलाई जननी जन्मभूमिश्च स्वार्गादपि गरियसीको मूल मन्त्र समेटिने भाव फ्लेक्स प्रिन्ट टाँसेर विद्यार्थीलाई कर्तव्यबोध गराउने प्रयत्न गरिएको शर्माले बताए ।
पिसजोनमा प्रत्येक कक्षामा सूचनापाटी
पोखरा लेखनाथ ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा शैक्षिक वर्ष २०७५ का लागि प्रत्येक कक्षामा स्थायी सूचनापार्टीको व्यवस्था गरिएको छ । हरेका कक्षाका विद्यार्थीहरूमा कक्षागत रूपमा विद्यार्थी विद्यार्थीबिच स्वस्थ प्रतिस्पर्धा गराउने उद्देश्यले सूचनापार्टीको व्यवस्था गरिएको विद्यालयका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिए ।
विद्यार्थीमा भएका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने हेतुले कक्षागत रूपमै स्थायी सूचना पार्टीको व्यवस्था गरेर हौसला प्रदान गरेको उनले बताए । सूचना पार्टीमा विद्यार्थीहरूले कक्षागत रूपमा लेख, कविता, कथा, चित्र, महत्तपूर्ण समाजिक, सांस्कृतिक, जातीय तथा धार्मिक सद्भाव झल्काउने खालका सामग्रीहरू राख्ने गरेका छन् । सामाजिक सद्भावसँगै धार्मिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा शैक्षिक उपयोगका सामग्री विद्यार्थीहरूले सूचना पाटीमा टाँसेर अन्तरनिहित क्षमतालाई उजागर गरिरहेको विद्यालयले जनाएको छ ।
कक्षागत बाहेक पनि विद्यालयमा अन्य सूचनापाटीहरूमा दैनिक, समाचार, कुनै शब्दको जानकारी, महत्त्वपूर्ण जानकारीका साथमा नियमित राष्ट्रिय अङ्ग्रेजी तथा स्थानीय पत्रपत्रिकाहरू विद्यार्थी र शिक्षक कर्मचारीहरूलाई पढ्ने व्यवस्था मिलाइएको प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहलले जानकारी दिए ।