पुटिन युरोपेली एकतादेखि डराएको ओबामाको आरोप

प्रकासित मिति: १४ बैशाख २०७३, मंगलवार १५:५९

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली देशहरुको एकतादेखि डराएको आरोप लगाउनुभएको समाचार छ ।
साथै उहाँले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
मङ्गलबार बिहान प्रशारण गर्नेगरी सोमबार सिबिएस न्युजलाई दिनुभएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले सो धारणा राख्नुभएको हो ।
उहाँले युरोपमा हालैका दिनमा अप्रवासीसम्बन्धी समस्या उत्पन्न भएको भन्दै omabaयो समस्याका कारण युरोपका देशहरु एकताबद्ध भइ काम गरिरहेका धारणा पनि राख्नुभयो ।
साथै यसका कारण अमेरिकाले पनि संघर्ष गर्नु परिरहेको भन्दै युरोपको सो समस्याको समाधानका लागि अमेरिका पनि लागिपरेको धारणा राख्नुभयो ।
राष्ट्रपति ओबामाले युरोपेली देशले हालैका दिनमा गरेका संघर्षका कारण ती देशको आप्रवासी समस्याको समाधानमा विभिन्न विकल्प निकाल्न सकिएको पनि बताउनुभयो ।
रसियाली राष्ट्रपति पुटिनले युरोपेली राष्ट्रहरुबीचको एकतालाई कम आँकलन गरेर भूल गरेको टिप्पणी पनि सो अन्तरवार्तामा गर्नुभएको छ ।
साथै उहाँले सो विषयमा गम्भीर हुन र आगामी जुन महिनामा हुन लागेको जनमत संग्रहमा युरोपेली युनियन छोड्ने निर्णय नलिन पनि उहाँले बेलायतलाई आग्रह गर्नुभएको छ ।

Bhansar Bivag
Argakhachi Cement