पुनःस्थापनाको माग गर्दै सामाजिक परिचालकद्वारा प्रदर्शन

प्रकासित मिति: १ माघ २०७४, सोमबार १५:३६

पुनःस्थापनाको माग गर्दै आज सामाजिक परिचालकले राजधानीमा प्रदर्शन गरेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवाबाट हटाइको विरोधमा नेपाल सामाजिक परिचालक कर्मचारी संघको आयोजनामा उनीहरुले पुनःस्थापनाको माग गर्दै आज प्रदर्शन गरेका हुन् ।

‘सामाजिक परिचालकको हकहित संरक्षण गर’ ‘युवा रोजगारको आश देखायौँ, भएको रोजगार हटायौँ’ ‘सामाजिक परिचालक राष्ट्रका चालक’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर भृकुटीमण्डपबाट शुरु भएको ¥याली भद्रकाली हँुदै माइतीघरमा गएर कोणसभामा परिणत भयो ।

सो अवसरमा संघका अध्यक्ष सारिका राईले विनाकारण आफूहरुलाई राज्यमन्त्रीस्तरीय निर्णयले हटाएकाले जागिरमा पुनःस्थापनाका लागि आन्दोलन गरिरहेको बताउँदै सरकारले आफूहरुलाई पुनःस्थापना नगरेसम्म आन्दोलन जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलको गत पुस १४ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय तहमा सामाजिक परिचालकका रुपमा कार्यरतलाई हटाउने निर्णय गरेको थियो । यो निर्णयको विरुद्धमा संघले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विसं २०६६ देखि स्थानीय तहमा मन्त्रालयले सामाजिक परिचालक राखेको थियो । देशभरि करिब चार हजार ७०० सामाजिक परिचालक कार्यरत छन् । उनीहरुले मासिक रु १२ हजार तलब पाउने गर्दथे ।

Bhansar Bivag
Argakhachi Cement