काठमाडौं । वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेको अध्यक्षतामा २०४७ को संविधान पुस्थापनाको माग गदै पुरानो शक्ति पार्टी नेपालको घोषण सभा आईतबार गरिएको छ ।
नव घोषित पार्टीका अध्यक्ष न्यौपानेले मुलुक इतिहासको अत्यन्त कठिन र भयावह अवस्थामा पुगेको विदेशीको इशारामा लाडिएको संघीयता सहितको संविधानको खारेजी गर्दै मुलुकको राष्ट्रिय अस्मिताको संरक्षणका लागि ०४७ सालको संविधानको पुर्नस्थापना गर्नुको विकल्प नभएको निष्कर्ष सहित २१ सदस्यीय पुरानो शक्ति पार्टीको घोषणा गरिएको जानकारी दिए ।
उनले नेपाली नेताहरुको गलत शोचका कारण देशको राजनीतीक , आर्थिक र समाजिक अवस्था दिनानुदिन विग्रदै मुलुकको राष्ट्रियता कमजोर भएको र यसले गर्दा मुलुकको अस्त्विमा माथिनै गम्भीर संकट सिर्जना भएको उनको दाबी छ ।
न्यौपानेले अहिले मुलुकका नेताहरुको अकर्मण्यताका कारण बहुसख्यक नेपालीले ०७२सालमा जारी संविधान भन्दा ०४७ सालमा जारी नेपाल अधिराज्यको संविधानको आवश्यकता महसुस गरेका कारण नै पुरानो शक्ति पार्टीले प्रस्तुत अभियान सुरु गरेको बताउँदै यो अभियानमा लाखौ नेपालीले साथ दिने बताए ।
पार्टीका महासचिव आरजु थापा, गोरक्ष जागरण अभियानका अध्यक्ष बलभद्रनाथ योगी , एकिकृत राप्रपा राष्ट्रबादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी पूर्वमन्त्री शिष सम्शेर जवरा, सिमाबिद्ध बुद्धिनारायण श्रेष्ठले शुभकामना दिएका थिए । राजधानीको एक पार्टी प्यालेसमा भएको घोषणा सभामा सयौ शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।