पूर्वमन्त्रि ढकालको आमा टंककुमारीको स्मृती सभा सम्पन्न

प्रकासित मिति: ३ कार्तिक २०७४, शुक्रबार ०१:२६

आफनो खातिर भन्दा पनि समाजको लागि बाँच्न आमाको पे्ररणा मिलेको परिवार जनको भनाई
३ कात्तिक, चितवन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालकी स्वर्गीय आमा टंक कुमारी ढकालको १३ औं दिनको पुण्य तिथिमा बिशेष कार्यक्रम आयोजना गरिएको छ । चितवन जिल्ला स्थित कालिका नगरपालिका वडा नम्बर ६ ढकाल निवासमा आयोजित स्मृती सभामा भारतदेखि आएका फूलवालाहरुले फुलको सुन्दर सजावट गरेका थियो ।
स्मृती सभामा स्वर्गीय ढकालका छोराछोरी तथा परिवार जनको साथै सयौं सुभेच्छुकहरुको उपस्थिति रहेको थियो । स्मृती सभामा स्वर्गीय ढकालकि नातिनी एस्टर ढकालले आफ्नो हजुर आमाको सात छोरी, दुइ छोरा, ३३ नाति नातिना, २३ पनाति र पनातिनी रहको भन्दै ढकाल परिवारलाइ समबेदना प्रकट गर्नु हुने देश बिदेशका सम्पूर्ण महानुभाबहरुमा हार्दिक कृतज्ञता ज्ञापन गरिन ।
सभामा परिवार दलका अध्यक्ष समेत रहेका अध्यक्ष ढकालले आफ्ना सन्ततिलाई घर परिवारको काम भन्दापनि समाज, राष्ट्र र विश्व शान्तिका खाँतिर लाग्न निरन्तर प्रेरित गर्नु हुने स्वर्गीय आमा अमर हुनुहुनेछ भन्दै आगामी दिनमा लोककल्याणकारी काममा अझ बढी लाग्ने प्रण गरे ।
स्मृती सभामा नेपालका पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका नेताहरु, भारतीय जनता पार्टी लगायत विभिन्न मित्र राष्ट्रका नेताहरु, सामाजिक तथा धार्मिक संघ संस्थाहरुको साथै विश्वको विभिन्न मुलुकवाट प्राप्त समबेदना संदेशहरु बाचन गरिएको थियो । ढकालकी फिलिपिनो धर्मपत्नीले सबै बिधि पालन गरि काज क्रियामा सहभागी भएको देख्दा आँफु निकै खुशी भएको पष्डित बलराम भट्टराईले जानकारी दिए ।
स्वर्गीय ढकालकि कान्छा छोरा धर्म प्रसाद ढकालले १२५० ब्यक्तिले घरमा नै समुपस्थित भै समबेदना दिनु भएको जानकारी दिदै सबै पाहुनाहरुमा दुखको बेलामा साथ दिएकोमा धन्यबाद ज्ञापन गरे । स्मृती सभा परिवारजनहरुले आफ्नो आमा तथा हजुर आमासंगको बिगतका महत्वपुर्ण क्षणहरुको स्मरण गर्नु गरेका थिए । ढकालको यहि असोज २१ ग्ते निधन भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement