२० पुस, माले ।३ दिने माल्दिप्स भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले माल्दिप्सकि शिक्षा मन्त्रि डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गरेका छन् । बिहिबार
माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा छलफल भएको भेटमा सहभागी मनोज सुर्खेतिले जानकारी दिए । पूर्वमन्त्रि ढकालले नेपालमा भर्खरै सम्पन्न निर्बाचन र ताजा जनादेशको बारेमा जानकारी दिएका थिए भने मन्त्रि ऐशाथ शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंशा गर्दै वाम प्रगीशील गठबन्धनले निर्बाचनमा प्राप्त गरेको सफलताको लागि बधाई दिदै ताजा जनादेश अनुसार गठन हुने नयाँ सरकार संग मिलेर काम गर्ने बताएको भेटमा सहभागि सुर्खेतीले जानकारी दिए ।आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकालले सामुहिक मुद्दाहरुमा एशिया प्रशान्त क्षेत्रका सरकार तथा सांसदहरु बीचको सम्भावित सहकार्यको बारेमा पनि माल्दिप्सका मन्त्रीहरुको साथै सांसदहरु संग छलफल गरेका थिए ।