पूर्वमन्त्री ढकालद्वारा भारतीय सांसदहरुसंग अन्तरक्रिया

प्रकासित मिति: २६ श्रावण २०७५, शनिबार ०१:३०

भारत र चीन संगको सम्बन्ध इतिहाँसमै सबैभन्दा राम्रो : अध्यक्ष ढकाल

दिल्ली । दुई दिने दिल्ली भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष एव् पूर्व मन्त्रि तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया(प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले मित्र राष्ट्र भारतका सत्तारुढ तथा बिपक्षी दलका सांसदहरुसंग अन्तरक्रिया गर्नु भएको छ ।
दिल्ली स्थित संसद भवनमा भएको छलफलमा भारतीय जनता पार्टी, इन्डियन राष्ट्रिय कांग्रेस लगायतका लोक सभा र राज्य सभाका करिब २ दर्जन सांसदहरु सहभागी रहेका थिए ।
प्रमुख अतिथिको रुपमा आमन्त्रित ढकालले अन्तरक्रियामा बोल्दै नेपालको सफल शान्ति प्रक्रिया र निर्बािचत संबिधान सभावाट जारि संबिधान आधुनिक विश्वको लागी एक महत्वपुर्ण उपलब्धि भउको बताउनु भयो । ढकालले नेपाल छिमेकी र सबै मित्र राष्ट्रहरुसंग अत्यन्त सुमधुर सम्बन्ध कायम राखी आर्थिक संमृद्धिको बाटोमा अग्रसर हुन चाहेको पनि उल्लेख गरे । पूर्वमन्त्री ढकालले पारस्परिक भलाई र विकासका खातिर क्षेत्रीय तथा अन्तराष्ट्रिय सहकार्यमा जोड दिए । ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छिमेकी मित्रराष्ट्र हरुसंगको सन्तुलित सम्बन्धलाइ महत्वमा राखेको भन्दै वर्तमान सरकारको पालामा नेपालको भारत र चीन संगको सम्बन्ध इतिहाँसमै सबभन्दा राम्रो रहेको पनि जिकिर गरे । गत निर्बाचनमा तत्कालिन नेकपा एमाले संग ३ बुदे सहमति गरि वाम गठबन्धनलाई सहयोग गरेको परिवार दलले ओली नेतृत्वको सरकारलाई पनि समर्थन गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement