पूर्वमन्त्री ढकाल ‘स्टाकहोम पिस अवार्ड’द्वारा सम्मानित

प्रकासित मिति: १७ असार २०७५, आईतवार ०८:१५

स्वीडन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल स्वीडनको राजधानी स्टाकहोममा सम्मानित हुनु भएको छ । ‘स्टाकहोम पिस अवाडर्’ समितिद्वारा स्टाकहोम स्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा आयोजित भब्य समारोहमा ढकाल सहित विश्वभरिका दश जना सामाजिक अगुवाहरुलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

ढकालले नेपाल तथा एशियाली मुलुकमा शान्ति, भाइचारा तथा सदभाव अभिवृद्धि गर्न महत्वपुर्ण योगदान गर्नु भएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकहरुले बताएका छन । थाईल्याण्डका बरिष्ट भिक्षु फ्रावितेस्पुन्यपोर्णको पहलमा तथा युरोपियन र एशियन विभिन्न संस्थाहारुको सहयोगमा स्थापित “स्टाकहोम पिस अवार्ड“ स्वीडनकोलागि थाई महामहिम राजदुत सककन्थोर्न चैयीन्दीपुमले पूर्वमन्त्री ढकाललाई प्रदान गर्नु भएको थियो ।

सम्मानपछि बोल्दै ढकालले गौतम बुद्ध र सगरमाथाको देश नेपालबाट विश्वको लागि शान्तिको सन्देश बोकेर ल्यायको बताउनु भएको थियो । ढकालले वर्तमान विश्वका अनगिन्ति चुनैतिहरुको सामना गर्न एक्लै नसकिने भन्दै शान्तिका पक्षधरहरु एक हुनु पर्ने धारणा राखेका थिए । ढकालले संसारमा युबाहरुको गिर्दो अबस्थाबारे चिन्ता ब्यक्त गर्दै युबाहरुलाई सहि दिशा निर्देश गर्न नैतिक जागरणको खाँचो रहेको उल्लेख गरे । २५०० बर्ष अघिको गौतम बुद्धको संदेश आज पनि त्यतिकै सान्दर्भिक रहेको बताउदै ढकालले नेपालको सफल शान्ति प्रकृयाको बारेमा पनि आफ्नो सम्बोधनमा व्यख्या गरेका थिए । इन्टरनेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल अन्तराष्ट्रिय स्तरमा चर्चित थोरै नेपालीहरु मध्ये एक हुनुहन्छ ।

Bhansar Bivag
Argakhachi Cement