मङसिर १४ काठमाण्डौं । नेपाल परिवार दलका कोषाध्यक्ष एव्म पूर्व सांसद मिलन कुमारी राजबंशीले वाम प्रगतिशील गठबन्धनबाट काठमाण्डौ क्षेत्र नं ४का उम्मेदवार डा.राजन भट्टराईलाई मत माग्दै घर दैलो कार्यक्रममा बिहिबार बिहान सहभागी भएका छिन् ।
दलका काठमाण्डौं जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद भण्डारी, केन्द्रीय सदस्य प्रकाश बाबु थापा, काशीनाथ खनाल, सन्तबहादुर पन्त सहित घर दैलोमा पुगेका पूर्व सांसद राजबंशीले एमालेका युवा नेता भट्टराईलाई बिजयी गराउन मतदाता संग आग्रह गरे । उनले भनिन् भट्टराई जस्तो विकास प्रेमी, सक्षम, पारदर्शी र मिलनसार नेता संसदमा पुग्नु राष्ट्रकै जित हुने बताईन् । काठमाण्डौ महानगरपालिका बडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ सहित नक्साल, नागपोखरी क्षेत्रका मतदाताहरु सँग वाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन मत मागेका थिए ।