काठमाडौँ, २० फागुन । पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको चौथो वार्षिक साधारणसभामा आज ७० वर्षमाथिका पूर्व प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ ।
साधारणसभामा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले नेपाल प्रहरी सदैव समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै पूर्व प्रहरी कर्मचारीलाई पनि राष्ट्रको जिम्मेवारीप्रति संवेदनशील भई आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।
परिषद्का अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा परिषद्का वरिष्ठ उपाध्यक्ष डा चूडाबहादुर श्रेष्ठले आव २०७३÷०७४ को कार्ययोजना, कोषाध्यक्ष केशवराज भट्टराईले आव २०७२÷०७३ को लेखापरीक्षण प्रतिवेदन तथा आयव्यय विवरण र महासचिव सनन्दनप्रसाद कुर्मीले आव २०७२÷०७३ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । रा