प्रकाश दाहालको निधन, परिवार दलद्वारा समवेदना

प्रकासित मिति: ३ मंसिर २०७४, आईतवार ०५:५१

 

३ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको छ । अचेत अवस्थामा बिहान ५ बजे नर्भिक अस्पताल लगिएका प्रकाशको निधन भएको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
३६ वर्षको अल्पायुमै निधन भएका प्रकाशको मृत्युमा उनीप्रति श्रद्धाञ्जली र दाहाल परिवारलाई समवेदना दिन विभिन्न दलका नेताहरूको नर्भिक अस्पतालमै भीड लागेको छ । कतिपय नेता चुनावी अभियान छोडेर काठमाडौं फर्किएका छन् । चुनावी अभियानकै लागि झापामा रहेका उनका बाबु प्रचण्ड पनि आकस्मिक रुपमा काठमाडौं फर्किए । भरतपुर महानरपालिका मेयर रहेकी प्रचण्ड पुत्री रेणु दाहाल र प्रकाशपत्नी विना मगर पनि काठमाडौँ आउँदै छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनले भावविह्वल भएको बताएका छन् । उनले ट्वीटरमार्फत् दाहाल परिवारलाई समवेदना दिएका छन् । त्यस्तै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि प्रकाशको असामयिक मृत्युले मर्माहत भएको बताए । चुनावी अभियानका क्रममा गोरखामा रहेका ढकालले दिवंगत प्रकाशको आत्माको चिरशान्तिको कामना गर्दै दाहाल परिवारप्रति समवेदना प्रकट गरेका छन् । समवेदना दिनकै लागि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौं आउँदै छन् ।
बिहानैदेखि नर्भिक अस्पतालबाहिर माओवादी केन्द्रका नेताहरू र शुभचिन्तक एवं अन्य सर्वसाधरणको समेत भिड लागेको छ ।

Bhansar Bivag
Argakhachi Cement