प्रख्यात त्रिशूली मन्दिर सर्वसाधारणका लागि खोलियो

गौशाला,  महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूलीदेवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । वर्षमा एकपटक दसँैंको दशदिन मात्रै खुल्ला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारण भक्तजनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।

दसँैंभरिका लागि मात्रै खुल्ला रहने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूलधारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर वर्षभरी खोलिदैनन् भने उनको प्रतिमा वर्षभरी कसैले हेर्न वा छुन पाउँदैनन् । तर दसँैंमा पुजारीले उनको दश दिनसम्म विशेष पुजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र दक्षिणा समेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो ।

जलेश्वर महादेव मन्दिरको त्रिशूलीदेवीे महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निक्कै प्रख्यात रहेको छ, भने यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट त्रिशूली मन्दिरमा दर्शनका लागि हजाराँैं भक्तजन आउने गरेका छन् ।

Related posts

Leave a Comment