प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने

प्रकासित मिति: ११ पुष २०७९, सोमबार १०:०१

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन्।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन्।

सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो। अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ ।

Bhansar Bivag
Argakhachi Cement