‘प्रजातन्त्रको नाममा चल्दै आएको छाडातन्त्र अब अन्त्य’

प्रकासित मिति: १ मंसिर २०७४, शुक्रबार १५:०३

१ मंसिर, सुनसरी । एमालेसँग चुनाबी तालेमेल गरेर एमालेको चुनाब चिन्ह सुर्यबाट निर्वाचनमा होमिएको परिवार दलले देश ब्यापी रुपमा चुनाबी अभियानलाई तिब्रता दिएको छ । गोरखाबाट चुनाबी अभियानको शुरुवात गरेको दलले सातै प्रदेशका मुख्य शहरहरुमा चुनाबी सभा गरिरहेको छ ।
यसै बीच दलले शुक्रबार सुनसरीको इटहरीमा परिवार दल १ नम्बर प्रदेश द्वारा आयोजित चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनले अत्याधिक बहुमत ल्याउने भएपछि भ्रष्टाचारीहरुको मनमा ठुलो भुकम्प गएको बताउनु भएको छ । उनले निर्बाचन पश्चात नेपालमा राजनैतिक स्थिरता र शुशासनको प्रत्याभूति हुने भन्दै यसकै जगमा आर्थिक विकासले फड्को मार्ने जिकिर गरे ।
प्रतिनिधि सभाको सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले प्रजातन्त्रको नाममा चल्दै आएको छाडातन्त्र अब चल्न नसक्ने बताउदै मुलुकले सहि दिशा लिने दाबी गरे । सिंगो देश वाम प्रगतिशील गठबन्धनलाई जिताउन एकजुट भएको भन्दै अब कसैको भ्रामक प्रचार र रोधनले रोक्न नसक्ने जिकिर गरे । ढकालले आफ्नो पार्टी जुन गठबन्धनमा भएपनी मेलमिलाप, अभिभाबकिय भूमिका र अग्रपंथी लोकतन्त्र वाटनै निर्दे्शित हुने बताए । भेलामा परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबत्ता सन्तोष पौडेल, पूर्व सांसद मिलन राजबंशी, केन्द्रिय सदस्य अशोक चौधरी लगायतले वाम प्रगतिशील गठबन्धनको औचित्य माथि प्रकाश पारेका थिए । भेलामा प्रदेश नं १का नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थति रहेको छ ।

Bhansar Bivag
Argakhachi Cement