प्रताप स्मृति पुरस्कार ‘चन्द्रमणि भट्टराई’ र सीतादेवी स्मृति पुरस्कार ‘बैकुण्ठ भण्डारी’ लाई

प्रकासित मिति: २९ बैशाख २०७६, आईतवार १५:०८

२०७५ सालको प्रतापस्मृति पत्रकारिता पुरस्कार चन्द्रमणि भट्टराई र सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार बैकुण्ठ भण्डारीलाई प्रदान गरिएको छ ।पाल पत्रकार मञ्चले आयोजना गरेको पत्रकारिता पुरस्कार कार्यक्रममा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद अल नाक्वीले पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा इजहार मिकरानी र पूर्ण महर्जनलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको थियो । पुरस्कारको राशी क्रमशः १५ हजार र २० हजार रहेको छ ।

प्रताप स्मृति पत्रकारिता पुरस्कार पत्रकार योगेन्द्रप्रताप शाहीले बि. सं. २०६७ मा आफ्ना स्वर्गीय पिताको स्मृतिमा स्थापना गरेका थिए । त्यस्तै पत्रकार यज्ञबहादुर ढकालले स्वर्गीय आमाको स्मृतिमा गएको बर्ष सीतादेवी स्मृति पत्रकारिता पुरस्कार घोषणा स्थापना गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै राजदूत नाक्वीले लोकतन्त्रमा नागरिकका आवाज आमसञ्चारले बोल्नु पर्ने बताए । आमजनताको बोली सञ्चारले बोल्न थालेपछि शुशासन र पारदर्शिता कायम हुने तथा समावेशी बिकासमा योगदान पुग्ने धारणा राख्दै राजदूत नाक्वीले यसका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा ध्यान पुर्याउनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले अहिलेको विधेयक स्वीकृत भएको खण्डमा कुनै पत्रकारले खोजमुलक समाचार लेख्न नसक्ने बताए । प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि अन्तराष्ट्रिय मिडिया र संयुक्त राष्ट्र संघको ध्यान आकर्षित गराउने पनि विष्टले बताए ।

कार्यक्रममा नेपाल टेलिभिजनका निर्देशक आरती चटौत, पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही लगाएतले मन्तव्य राखेका थिए ।

Bhansar Bivag
Argakhachi Cement