प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीका लागि धनुषामा हस्ताक्षर

प्रकासित मिति: १६ फाल्गुन २०७३, सोमबार १४:०३

धनुषा । फागुन १६ नयाँ शक्ती पार्टी नेपालले प्रत्यक्ष निर्वाचीत कार्यकारी राष्ट्रपतिको लागि हस्ताक्षर अभियानलाई तीब्रता दिएको छ । यहि क्रमा गत आइतबार धनुषामा पनि हस्ताक्षर अभियान संञ्चालन गरियो सो अभियानमा धनुषाका हजारौ हस्ताक्षर अभियनमा सहभागिता जनाएको नयाँशतिm नेपालका केन्द्रिय परिषद सदस्य रित ब. श्रेष्ठ (कृष्ण) ले जानकारी दिए ।
श्रेष्ठको संयोजकत्वमा भएको अभियानमा नयाँ शक्ति पाटीका केन्द्रिय कार्यकारी सदस्य अरबिन्द साह , के. प. सदस्य राम उदित राम , धनुषा जिल्ला संयोजक राम श्ंकर पासमान , धनुषा क्षेत्र न ६ का संयोजक प्रदिप नारायण साह , संस्थापाक अभियानता पदम ब. श्रेष्ठ, जित ब. माझि, राजन कुमार श्रेष्ठ, मनोज कुमार भट्टराइ, सरोज लामा , रमेश श्रेष्ठ , सरोज साह र गोदार बासी जनसमुदायहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
धनुषाको गोदार क्षेत्रलाई केन्द्रीत गरेर गरिएको अभियनमा प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपती र पूर्ण समानुपातिक व्यबस्थापिका संसद लगायतको माग गरिएको छ ।

Bhansar Bivag
Argakhachi Cement