प्रथम अन्तर्राष्ट्रिय युवा सम्मेलन असोज १५ देखि

प्रकासित मिति: ३१ भाद्र २०७३, शुक्रबार १३:४१

काठमाडाँै,  नेपाली युवाको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन यही असोज १५ गतेदेखि भक्तपुरमा हुने भएको छ ।

युवालाई स्वदेशमा नै उद्यमशीलता बनाई रोजगारीमा वृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् आयोजना र गैरआवासीय नेपाली सङ्घको सहआयोजनामा सम्मेलन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था र युवासँग सरोकार राख्ने ३०० युवाको सहभागिता हुनेछ । ‘युवामा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार’भन्ने मूल नाराका साथ हुने सम्मेलनमा अस्ट्रेलिया र युरोप महादेश, एसियाका जापान र खाडी मुलुकमा काम गरिरहेका ५० गैरआवासीय नेपाली सहभागी हुने छन् ।

सम्मेलनको पहिलो चरण असोज १५– १७ गते भक्तपुरमा युवा सम्मेलन र दोस्रो चरण असोज १७ – १८ गते दशरथ रङ्गशालामा युवा महोत्सव हुनेछ ।

कार्यकारी उपाध्यक्ष ढुङ्गेलले विदेशमा नेपालीले कमाएका पैसालाई यहाँका युवामा लगानी गरेर सदुपयोग गर्ने अभिप्रायले सम्मेलन आयोजना गरिएकोे उल्लेख गर्नुभयो ।

“सम्मेलनमा स्वदेश र विदेशमा भएका युवालाई नेपालको अवसर, सम्भावना र चुनौतीबारेमा विश्लेषण गर्दै नेपालको साझा समस्याका समाधान खोज्ने प्रयास गछौँ” उहाँले भन्नुभयो– “यसबाट बेरोजगारी र बौद्धिक पलायनको अन्त्य भई स्वदेशमा नै बौद्धिक क्षमताबाट फाइदा लिन मद्दत पु¥याउने छ ।” सम्मेलनमा युवा, कृषि र उद्यमशीलतासम्बन्धी छ कार्यपत्र प्रस्तुत गरिने छ ।

Bhansar Bivag
Argakhachi Cement