प्रथम व्यवसाय योजना प्रतिस्प्रर्धा –२०१८ हुदै

प्रकासित मिति: २६ कार्तिक २०७४, आईतवार १५:४३

नेपालको संविधान –२०७२, भाग ४, धारा ५० को उपधारा ३ अन्तर्गत सार्वजनिक, निजि र सहकारी क्षेत्रको सहभागिता तथा बिकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्धारा तिव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य छ । देशको आर्थिक विकास आजको अपरिहार्य आवश्यकता हो । तर विडम्बना देशमा उधमशिलता विकास हुने कार्यक्रमहरु नगन्य मात्रामा हुने गरेको दृष्टान्त हामी माझ छ । विभिन्न चुनौतिका बाबजुत पनि देशको केन्द्रमा रहेको व्यवस्थापन शिक्षामा अग्रणी संस्था युनिग्लोब कलेजले जुन पोखरा विश्वबिद्यालयबाट सम्बन्धन प्राप्त छ , प्रथम राष्ट्रियस्तर व्यवसाय योजना प्रतिस्प्रर्धा– २०१८ First National Level Business Plan Competition – 2018 गर्दैछ । युनिग्लोब कलेज अन्तर्गत युनिग्लोब कलेज उद्यमशिलता केन्द्रले यो बृहत कार्यक्रम सन्चालन गर्न लागको हो । जनवरी १३ लाई अन्तिम प्रतिशप्रर्धाको दिन तोकेर विभिन्न चरणहरु पार गर्नका लागि नोभेम्बर १७ लाई अन्तिम दर्ता मिति तोकिएको छ ।
विजेतालाई रु ५०,०००।– को नगद पुरस्कार सहित विभिन्न लगानीकर्ताहरुसंगको सामिप्यता प्रधान गर्ने यस कार्यक्रमले अविजेताहरुलाई क्रमशः रु ३०,०००।– र रु. २०,०००।– नगद पुरस्कार प्रदान गर्ने छ । चितवन स्थित विराज पेन्टस््ले शिर्ष प्रायोजन गरेको यस कार्यक्रममाCreatu, IT सहकर्मी र ग्लोबल कलेजको सहकार्य रहेको छ । विभिन्न प्रायोजकद्धारा समर्थित यस कार्यक्रममा नेपाल भित्रका व्यवस्थापन कलेजहरुले बढिमा ३ जनाको एउटा समुह र एक भन्दा बढि समुहलाई यस प्रतिस्प्रर्धामा उर्तान सक्नेछन्् । रु ५,०००।– दर्ता शुल्क राखिएको यस प्रतिस्प्रर्धामा विद्यार्थिहरुले आफ््नो व्यवसायिक योजनाको लगानीकर्ता पाउनुको साथै अन्य धेरै व्यवस्थापनका र व्यतिmत्व विकासका कुराहरु सिक्ने उचित ठाउँ भएको यस कार्यक्रमका संयोजक उदव जोशीले बताउनु भएको छ । यस्ता कार्यक्रमहरु भइरहनु पर्ने र देशको विकासमा उचित योगदान पुग्नेमा दुईमत छैन ।

Bhansar Bivag
Argakhachi Cement