प्रदेश नं २ मा आ–आफ्नै दल पहिलो हुने नेताहरुको दाबी

प्रकासित मिति: १६ भाद्र २०७४, शुक्रबार १६:५०

काठमाडौँ, १६ भदौ । नेपाली काँग्रेसका नेता धनराज गुरुङले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताउनुभएको छ ।

उहाँले उक्त चुनावमा काँग्रेस कुनै पनि पार्टीसँग तालमेल नगरी चुनाव लड्न सक्षम छ भन्नुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले यस अघिका चुनावमा अन्य पार्टीसँग तालमेल गरेर पार्टीले गलत काम गरेको बताउँदै तराईमा बाढीको समाधान दीर्घकालीनरुपमा खोज्न सरकार लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडे पनि पहिलो स्थान हासिल गर्ने दाबी गर्नुभयो । महासेठले एमाले एक्लै चुनाव लडे पनि ४५ प्रतिशतभन्दा माथि मत ल्याउँछौँ भन्नुभयो ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले २ नं प्रदेशमा चुनावमा पार्टीले परिवर्तनकारी शक्तिसँग तालमेल गर्ने बताउँदै, “परिवर्तनकारी शक्ति, संघीयता पक्षधरसँग मात्रै हाम्रो पार्टीले चुनावी तालमेल गर्छ, संघीयता विरोधीसँग हामी तालमेल गर्दैनौँ ” भन्नुभयो ।
राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता अनिल झाले आफू निर्वाचनका पक्षमा नभएको स्पष्ट पार्दै यो चुनावबाट पार्टीलाई कति क्षति हुने हो भन्ने कुरा निर्वाचन परिणामले देखाउने बताउनुभयो

Bhansar Bivag
Argakhachi Cement