प्रदेश र संघको चुनाव मंसिर दोस्रो साता, एकैदिन चुनाव गर्न प्रमुख तीन दलबीच सहमति

प्रकासित मिति: ३२ श्रावण २०७४, बुधबार १६:२४

प्रमुख तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्ने सहमति जुटेको हो । ‘मंसिरको दोस्रो साताभित्र चुनाव गर्ने सहमति भएको छ,’ निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न कठिन भएको बताउँदै आएको छ । पछिल्ला छलफलहरुमा आयोगका पदाधिकारीहरुले विद्युतीय भोटिङ मेसिन प्रयोग वा प्रत्यक्ष मतलाई नै समानुपातिक मान्ने हो भने मात्र दुबै चुनाव एकैपटक गर्न सकिने बताएको छ ।

तर, दलहरु दुबै चुनाव एकैपटक गर्ने पक्षमा छन् । यसका लागि दुई वटा मतपत्र बनाउन सकिने दलहरुको तर्क छ ।

Bhansar Bivag
Argakhachi Cement