प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रकासित मिति: ३ फाल्गुन २०७४, बिहीबार १५:२३

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले  पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए ।
जनतालाई सुशासनको प्रत्याभूति रहने गरी सरकारले काम कारबाही गर्ने प्रतिबद्धता जनाउँदै ओलीले कसैलाई काखापाखा नगरी  जिम्मेवार भएर काम गर्ने बताए ।  आफू नेतृत्वको सरकारले कुनै गैरकानुनी काम नगर्ने भन्दै त्यसो गर्नेलाई दण्डित गरिने पनि बताए ।
उनले सरकार सामाजिक न्याय, सामाजिक सद्भाव र एकताको पक्षमा रहेको उल्लेख गर्दै राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता हुन नसक्ने बताए ।
यसअघि  ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

Bhansar Bivag
Argakhachi Cement